२०८१ वैशाख ८ गते | 20th of April 2024

त्यो दिन मैले आफुलाई आत्महत्याबाट रोकें

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते ९:०३
  • लक्ष्मण सिटौला

श्रीमती माइत गएकी थिइन । गाइबस्तु भोकाएका थिए । बारीमा कुटमिरोको घास खसाल्न रुख चढेको थिए । थाहै थिएन एउटा हागो बर्खामै सुकेको रेछ भाचियो । तल खसे । आखा तिरिमिरी भो। तै पल्लो खरबारीमा बाख्रा चराउदै गरेका भुपाल दाइले देखे । बोकेर घरमा लगे । हर नचल्ने भएछ । रातभर निन्द्रा परेन । इन्तुन चिन्तु भए । छिमेकी कुर्न बसे ।

बिरिनचोकका साइला राइले भात ल्याए । अघिपछि धोतीपाटा फेरि भान्सामा खाने बाहुन म तर आज राइले पकाको खाए । श्रीमती यही बेला माइत जानुपर्ने र मलाई यहि बेला लड्नु पर्ने ।कतिदिन ओछ्यान पर्ने हुन लेख बहादुर दाइ अब हस्पिटल जानुपर्छ भन्न थाले। भोलिपल्ट गाडीमा दुईवटा सिट रिजर्भ गरि सुताएर काठमान्डु ल्याए । सुमेरु अस्पतालको २०३ नम्बर वार्डमा भर्ना गरे । शनद नेपाली लालबहादुर बिक कान्छा दमाई काले सार्की र गुइठे घर्तीले साथ दिए। धन्य बाच्न पाए । मेरा छिमेकी भगवानका अंश । के हो जात के हो कुजात । सबै भगवानका सिर्जना । एउटा बाहुन भनौदो आगन जोडीएर के भो हिड्ने बेलामा भेट्न् पनि आएन ।

श्रीमतीजी भोलिपल्ट आइन । पैसाको जोहो गरिछन। ढाडको अप्रेसन गर्नुपर्छ भन्ने कुरा भो । निकै महङ्गो नर्सिङहोम रैछ यो । अप्रेसन गरेको मात्रै एक लाख । अप्रेसन नगर्ने हो भने भित्र फुटेको हड्डी बाट रगत बगिरहन्छ रे ! । पछि धेरै नै समस्या आउने कुरा गर्यो हस्पिटलले । खेतीपातीको बेला छिमेकीलाई अल्मलाउनु पनि भएन । उनीहरूलाई जाउ भने । गए बिचाराहरु। तिनीहरू गएपछि कस्तो एक्लो भए जस्तो लाग्यो ।

ऋण गरेरै भए पनि बाच्नुत पर्यो नि है ! श्रीमतीले एक लाख डिपोजिट गरिन । तीन दिनपछि अप्रेसनको पालो आउने भो । एक लाख धरौटी राखेपछि अप्रेसन हुने भो । लाग्ने औषधी र बेड चार्ज अलग । अप्रेसन हुन दुई दिन अझै बाकी थियो । गाउँमा गाइबस्तु भोकै । अप्रेसन गर्नी बिहान मात्रै आउनु भनेर श्रीमती लाई पनि गाउँ पठाए । व्हिल चेयरमा बाथरुम सम्म लैजाने ल्याउने काम नर्सिङहोमले गर्दोरैछ ।

तीन दिनपछि अप्रेसन भयो । खोइ के के भो । मलाईत बेहोस गराएछन । अप्रेसन वार्डमा जादासम्म श्रीमती र छिमेकी काले सार्की देखेथे । एक पिन्ट रगत चाहिदा उहि आफ्नै छिमेकी काले सार्कीले दिएछन । अप्रेसन पछि दुई दिन त आइ सि यु मा राखियो । जिब्रो लरबरिएर बोल्न पनि नसक्ने भएछु । धन्न बाचे छु । अहिले मेरो शरीरको नसामा बगिरहेको रगत उही छिमेकी काले सार्कीको हो । म बाहुन अरुको घरको पानी मुखमा नपरेको जात आज कालेको रगतले बाचिरहेको छु ।
सार्की होइन उ मेरा लागि देउता हो । देउता मान्छे भन्दा पल्लो स्तरमा गनिन्छ । तर खोइ मलाई रगत चाहिएको बेलामा देवता चुपचापले स्वर्गमै बसे ।

नर्सिङहोममा एक एक घन्टामा डाक्टर आउछन । नर्सको त्यस्तै रेखदेख छ । अप्रेसन गरेको घाउ निको हुन समय लाग्छ भन्छन । श्रीमतीले ऋण गरेर ल्याएकी एक लाख रुपैयाँ सक्किएर पनि अर्को सत्तरी हजारको बिल आयो । एक लाख ऋण तिर्न गोठका सबै खसीबोका र दुनु भैंसी बेच्नुपर्छ । कसरी पत्याए मलाई ऋण यहि अचम्म लाग्यो । धन नकमाए पनि मान्छे चै कमाएको रेछु । आसियु बाट निकाले पछि श्रीमती घर गइन । म कहिले सम्म ठिक हुने हो टुंगो थिएन। तल गेटमा खाना र सुप खाएको पैसा पनि तिरेको थिएन । घरी घरी किन आउनु पर्यो अब डाक्टर ? कोठा भित्र छिरेपछि सात शयको बिल चढ्छ भने । बिलहरु थुप्रो आउन थाल्यो ।

आज पाँचौ दिन भो । बेड सगै जोडिएको झ्याल थियो । अलिकति उभिन सक्ने भएछु । रिगटाचै लागिनै रहेको छ । झ्यालबाट तलतिर हेरे । झिलमिल बत्तिहरु बलेका छन । तर मनको बत्ती भने धीमा बलिरहेछ। रातपरेपछी उल्का एक्लो महसुस हुन्छ । हिजोसम्म श्रीमती थिइ गुइठे घर्ती थियो । सबै राखेर पनि के खर्च पुर्याउनु पनि हम्मे पर्यो । गिलो जाउलो खान पाए पनि हुने । भोक धेरै लागेको छ । भोक एकातिर अर्कोतिर बिलको चिन्ता ।

श्रीमतीले पनि कता बाट खोजेर ल्याओस । कस्तो दसा । किन म अभागीलाइ कुटमिरोको रुख चढ्नु परेको होला । अप्रेसन गरेर पनि ढाड सोझो होला भन्ने ग्यारेन्टी छ र खै । दुखाइ उस्तै त छ । पहिलाको जस्तो सोझिएर हिंड्न् पाउछु होलार? सधैं पिढिमै सुतेर जिन्दगी बिताउनु पर्यो भने के गर्नु? गाइबस्तु भोकले कराएको बेला छेवैमा रहेको घाँस पनि हाल्दिन सकिन भने म बाचेको पो के काम है? तिन्लाइ प्यास लागेको बेला नजिकै रहेको खडकुलाको पानी उचालेर दिन सकिन भने तिन्को आसुले मलाई कति पिर्दो है । प्यासले सुकेको तिन्को घाटि तिन्लाइ लागेको भोक म कसरी टाेलाएर हेर्नू है ! सधैं पिढिमै सुतेर मेरो जिन्दगी बित्ने हो भने म बाचेको के सार?
खोरमा एउटा मोटाे थुम्मो थियो । आफुले खाएपछि ढिडाको डल्लो त्यस्को मुखमा हाल्दिन्थे । कस्तो मीठो सग खान्थ्यो त्यस्ले !Image result for suicide

बेडमा टेकेर तलतिर मुन्टाे फर्कारहेछु । ढाड उल्का दुखेको छ ।
भोलि निको भए पनि नर्सिङहोमको बिल नतिरी मलाई निस्किन दिदैनन । निस्किदा सम्म तीन लाखको बिल आउने होला । त्यति रकमलाइ त मेरो सबै घर्वार बेच्नु पर्छ । बिहे गरेको तीन बर्षसम्म सन्तान पनि भएनन । श्रीमती पनि कति अभागी रैछ । हिजो चेक गर्न आउँदा डाक्टरले भनेको कुराबाट झन चिन्तित पो छु । ढाडको अप्रेसन पछि सन्तान हुने सम्भावना कम हुन्छ रे ! धन्न त्यतिबेला एक्लै थिए । म जिन्दगीभरको कुप्रो बिमारी सधैं पिढि छेउमा । अनि श्रीमती तरुनी । उस्को बैँस । सन्तान इछ्या होला । उस्को चाहना पूरा गर्न पनि सक्तिन ।सन्तान खेलाउने रहर हुन्छ महिलालाई । पधेरोमा चर्चा होला भोलि । तिम्रा पोइको कमजोरी कि तिम्रो कमजोरी सन्तानत भएननी भन्लान । कुरा होला । मलाई आएर सोध्ली । म ओछ्यानमा ढलेको एउटा जावो कालो मुढाेले के जवाफ् दिनु फेरि । कुरो खोल्नुकि नखोल्नु । ऋणत ज्याला मजदुर गरेर पनि तिरुला । तर निसन्तान बनेर त के बाच्नु खै । हेला गर्छे श्रीमतीले । खोइ के पोइ भन्लिन र कमजोरी भेटेपछि । सम्बन्ध सुरुमा मात्रै हो सुवासीलो ,प्यारो पन, मधुमय तर भोग्दै जादा खोइ किनपो हो रमाइलो हराउँदै जादोपोरहेछ । कमजोरी थाहा भएपछि कति हेप्छन त्यो बिरिनचोके राई साइलाको देखेछु मैले ।

निन्द्रा लागेन । आखा टर्‍ओ छ । रातको बाह्र बज्यो । पेन किलर पाँच शय एम जि खाएपछि अति कम्जोर होइदोरहेछ ।
कस्तो भोकले आखै तिरिमिरायो ।

कठै ती गाइबस्तुलाइ पनि यस्तै भोकत लाग्दोहोला नि है । पल्लो बेडमा जन्डिस लागेको एकजना बिमार भाइ थिए । तिन्लाइ उनको आफन्तले खाना ल्याएका रहेछन । चिल्लो धेरै रैछ भनेर उन्ले मलाई दिए । मैले निलेको प्रत्येक भातको गासमा एउटा दारुण चिन्ता थियो । एउटा अभावको बतासले छोएर गयो झ्यालबाट सुटुक्क । अनिश्चित भोलिको घामले पनि मलाई उज्यालो दिने हुनकी नदिने हुन । उधारो ओखतीको बिलमा निहाले । आँसु तरर आयो । कसरी तिर्ने। यो प्रस्नले घोचेको छ छाती । अघि भात खाएको हो कि मैले माटाे खाए रन्थनिए केही बेर । चारैतिर अध्यारो लाग्यो । एकाएक सहरको बत्ती निभेजस्तो लाग्यो ।

उपचार गर्न नर्सिङ होम कसैलाई पनि नजानु भन्छु सब गाउँलेहरुलाइ । भोलि अपांग भएर निस्किदा पनि त्यत्रो ऋण बोकेर गाउँ फर्किन पर्यो भने । के मलाई निको होलात? के म प्रती भगवान दायिना होलानत? के म फेरि पहिलेको जस्तै हुला र? के म बाबू बन्नसक्छु हुलात? के म आफ्नो वंश चलाउने एउटा सन्तान दिन सक्छु हुला श्रीमती लाई? के म फेरि दरौदी किनारमा बगेको कन्चन पानी हातले उभाएर प्युन सक्ने हुन्छु हुला त? के म फेरि सद्दे भएर गहुँ वारि हुँदै सिरानचोक सम्म हिडेर जान सक्छु हुला त ? के म फेरि शनद नेपालीको पर्म तिर्न सक्छु हुलात? के अब फेरि म गाइलाइ कुडाे दिने खडकुलो उचाल्न सक्छु हुलात ?

झ्याल नजिक बाट चन्द्रमाको उज्यालो चुहियो ।

सम्झनाको आसुले भिज्यो आँखा । कोल्टे फर्किएर रोए । उता बेडको भाइले सोधे ” दाइ निकैबेर भो उता फर्किनु भाको” झल्यास भए । नदेख्ने गरेर आँसु पुछे । मध्य रात भो । ती भाइ निदाए ।शुन्य छ कोठा यतिबेला । फेरि उठे । झ्यालबाट हेरे । तेस्रो तल्ला बाट भुइसम्म आँखा पुर्याए । तल भुइमा मोटरसाइकल पार्क गरेको थियोे । के होला म यो झ्यालबाट हाम फाले भने…

उत्तर पाउन सकिन । भोलि नर्सिङहोमको बिल तिर्न नसक्ता जेल जानुपर्ने हुन्छ । हामी गाउँलेहरु कहिले बेमान भएर बाच्न चाहदैनन् बरु प्राण दिन तयार छन ।बेमान भएर बाच्न पर्यो भने त आधा मरे सरि भै त गो नि ।

उठे हेरे झ्यालबाट फेरि । खुट्टा काम्न थाल्यो । हाम फाल्छु जे त पर्ला । उसैत म जिन्दगीभर अपांग नै त हु । अब के छ र । कसैको बोझ बन्नत पर्दैन । गाउँलेहरु केही दिन दुखी हुलान । गाइबस्तुले पनि बिर्सिदै जालान । श्रीमतीलाई केही महिना वा बर्ष गाह्रो होला । पछि अरुनै सग बिहे गर्ली । आखिर स्थाइ सम्बन्ध कसै सग छैन यहाँ । मन बाधे । ऋण सम्झे । बिल सम्झे । बेज्जती सम्झे । अनि सम्झिए पिढिमा झोक्राएर अपांग बाचिरहेको पल ।

जे त होला हामफाल्छु । फेरि अस्ताउन लागेको जुनलाइ देखे डाडाको क्षितिजमा । भोलि त्यो फर्केर आउँछ । उज्यालो दिन्छ धरतीलाइ । क्षितिजमा डुबेपछी नफर्किनु पर्ने हो त्यो ,तर आउँछ । निशन्देह आउँछ । शितल शान्ति लिएर आउँछ । उ उदाउनका लागि अस्ताउछ । तर … म अस्ताए भने फेरि आउन पाउदिन । जिन्दगीत महत्वपूर्ण पो छ है ! घाम अस्ताएपछी नआउनु पर्नी हो नि , जून अस्ताएपछी फेरि नझुल्किनु पर्ने हो नि तर झुल्किन्छ । हर दिन झुल्किन्छ । म आफै आफ्नो अस्तित्व किन मेटु ? जब ज्यानहीन प्राणहीन जुनत नाचिरहन्छ चम्किरहन्छ उज्यालो दिइरहन्छ । म सोझो गाउँले । जाबो कुटमेरोको रुख बाट खस्दा के भोत ? यो ऋण त जसरिनि तिरिहाल्छु नि। सके तिर्छु नसके गुहार्छु गाउँले दाजुभाइ ।

आँखा भिजेको थियो । झ्याल बाहिर मुन्टाे निकालेर सोचिरहदा टाउकोमा शीत परिसकेको थियो । एक्कासि ढाडमा कसैले छोएजस्तो लाग्यो । फर्किएर हेर्दा देखे श्रीनाथ कोटका राम आचार्यका छोरा डाक्टर

निशान्त आचार्य ।

“काका मैले माथिल्लो तलाबाट तपाईंको बिरक्तीपन देखे । म एकछिन नआइपुगेको भए शायद यो झ्यालबाट फाल हाल्नु!हुन्थ्यो होला ! म छु नि काका । अब चिन्ता नगर्नुहोस । जीवन रक्षाका लागि हुन यी हस्पिटल ,नर्सिङहोम, मेडिकल अनि हामी डाक्टर । चिन्ता नगर्नुस काका तपाईंको बाकी बिल सब मिना भैसकेको छ । गाउँले छोरा हु म । यति सेवाको लागि हो बिदेश पलायन नभएको । नत्र युरोप वा अमेरिकाको नोकर भैसकेको हुन्थे । ”

ओहो जिन्दगी पो त है ! । उनी गए । खुशीले फेरि निन्द्रा लागेन ।
होइन यो निन्द्रा पनि कस्तो हो खुशी हुदा पनि लाग्दैन दुखी हुदा पनि लाग्दैन । त्यो दिन मैले आत्महत्या बाट आफुलाइ रोके ।

(रोडा होटेल अल बुस्ताना, एयर्पोट दुवइ – २०७४ पौष २१ गते )

Leave a Reply

Your email address will not be published. Required fields are marked *