२०८१ वैशाख ६ गते | 18th of April 2024

ओम हस्पिटलमा संवेदनशील शल्यक्रिया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते ११:१३

निर्मल अर्याल, काठमान्डौं । चावहिलस्थित ओम हस्पिटलमा चिकित्सा क्षेत्रमा संवदेशनील तथा चुनौतिपूर्ण मानिने Infrarenal aneurysm with dissection बाट पीडित एक महिलाको सफल शल्यक्रिया गरिएको छ । कार्डियो भास्कुलर सर्जन डाक्टर कजनराज श्रेष्ठ नेतृत्वको टोलीले भोजपुर स्थायी घर भएकी ६० वर्षीया हिरामाया तामाङको सफल शल्यक्रिया गरेको आइतबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । लगातार एक महिना सम्म कम्मर तथा पछिल्लो दुई–तीनदिन देखि पेट दुखेपछि तामाङ उपचारका लागि ओम हस्पिटलमा आउनु भएको थियो । उपचारको क्रममा तामाङको किड्नी मुनिको मुख्य धमनी च्यातिएर ७ सेन्टिमिटर सम्म फुलेको पाइएको पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

फुलेको उक्त भाग फुटेको भए विरामीको तत्काल मृत्यु हुने थियो । पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले बताउनुभयो । श्रेष्ठको साथमा तामाङको शल्यक्रियामा प्राध्यापक डाक्टर उत्तमृकष्ण श्रेष्ठ र डाक्टर दिनेश गुरुङ संलग्न रहनु भएको थियो । शल्यक्रियामा Aorta को बिग्रेको भाग ३० सेन्टिमिटर जति काटेर Artificial Graft ले Replacement गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

शल्यक्रियाका लागि एनेसथेसिया तर्फ डाक्टर श्यामकृष्ण मर्हजनको नेतृत्वमा डाक्टर सुरेन्द्र श्रेष्ठ र डाक्टर सौभाग्यमान मल्ल संलग्न हुनुहुन्थ्यो । सफल शल्यक्रियापछि आइसीयूमा सारिएको बिरामीलाई डाक्टर प्रमेश सुन्दर श्रेष्ठ नेतृत्वको टिमले रेखदेख गरेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजालले चिकित्सा क्षेत्रका नयाँ चुनौति तथा उपलब्धीका बारेमा सञ्चार जगतसँग नियमित अन्तरक्रिया गरिने धारणा राख्नु भएको थियो भने प्रबन्ध संचालक बाबु काजी कार्कीले धन्यवाद ज्ञापन गर्दै हस्पिटलको सेवा विस्तार गर्दै लैजाने जानकारी दिनु भएको थियो । Infrarenal abdominal aortic aneurysm एक प्रकारको दुर्लभ रोग हो । Aorta अथवा मुख्य रगतको नशा (धमनी) ले मुटुबाट पूर्ण शरीरमा रगत पु¥याउँछ ।

कुल जनसंख्याको शून्य दशमलव ४ देखि शून्य दशमलव ६ प्रतिशत सम्मलाई यो रोग लाग्ने गर्दछ । ६० वर्ष उमेर पार गरेकालाई यो रोग लाग्ने बढी सम्भावना हुन्छ । चिकित्सा क्षेत्रमा infrarenal aneurysms भएका एक सय जनामध्ये एक जनालाई मात्र Infrarenal aneurysm with dissection हुने गरेको पाइन्छ । समयमै नै उपयुक्त उपचार नभए मुख्य धमनी फुटेर बिरामीको तत्काल रक्तश्राव भई मृत्यु हुन्छ । पुरुषलाई प्राय हुने यो रोगका बिरामीलाई पेट दुख्ने, कम्मर दुख्ने लगायतका समस्या देखा पर्ने डाक्टर कजनराज श्रेष्ठ बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *