२०८१ वैशाख ६ गते | 18th of April 2024

‘पुर्व राजा’ स्वदेशमा हिजो आज, भारतमा ‘नेपालका राजा’

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते १३:२२

काठमाडौं । नेपालगन्ज लगायत पश्चिमी क्षेत्रको धार्मिक यात्रामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारतको उत्तर प्रदेश पुगे । जहाँ उनले उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथसँग लामो भेट गरेका छन् ।

उनीहरुको यो भेटलाई निकै चासोका साथ हेरिएको छ । भारतीय मिडियाहरुले यस भेटलाई सांस्कृतिक महत्व बुझ्नका लागि भएको भेटको रुपमा ब्याख्या गरेका छन् । सांस्कृतिक महत्वलाई देखाउँदै उनीहरुको सांस्कृतिक सम्बन्धबारे वार्ता भएको पनि मिडियाहरुले बताएका छन् ।

किन ‘नेपालका राजा’ भनियो ?


शंकास्पद त के भने, भारतीय चर्चित च्यानल आजतकले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘पूर्वराजा’ नभनेर ‘नेपालका राजा’ भनी सम्वोधन गरेको छ ।

उक्त मिडियाले ज्ञानेन्द्रलाई पहिले झैँ ‘नेपालका नरेश’ भनी सम्वोधन गरेको छ । जसको अर्थ अहिले पनि ज्ञानेन्द्र नेपालको राजा नै रहेको अर्थ लाग्छ ।

आजतकले आफ्नो समाचारको हेडलाईनमा लेखेको छ, ‘नेपालका राजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथसँग भेट गरे ।’

तर भारतीय चर्चित मिडियाले जानाजान किन यस्तो शब्द प्रयोग गर्यो भनी नेपालमा भने थुप्रैले त्यसमा विरोध जनाएका छन् । थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरुले आजतकको हेपाहा शैलीको विरोधमा फेसवुक तथा ट्वीटरमा स्टाटस राखेका छन् ।

यसबिाहेक आजतकले नेपालमा पछिल्लो समय चिनियाँ प्रभाव बढेको उल्लेख गर्दै ज्ञानेन्द्र र आदित्यनाथको भेटवार्तालाई ब्याख्या गरेको छ । जुन कुराको पनि सामाजिक संजालमा विरोध भएको छ ।

‘हिन्दुराज्य’को आशंका

धार्मिकगुरु समेत रहेका भारतको उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथसँग यसअघि पनि उनको भेट भइसकेको थियो । यसबाहेक आदित्यनाथसँग नेपालका अन्य नेताहरुले समेत भेटवार्ता गरेका थिए ।

नेपालमा गणतन्त्र र संघियतालाई संस्थागत गर्ने सेतूको रुपमा बुझिएको आम निर्वाचनपछि नै पूर्वराजा ज्ञानेन्द्र शाह किन भारतका हिन्दुवादी नेतालाई भेट्न गए भन्ने धेरैको चासो बनेको छ ।

शाहका निकटस्थहरुका अनुसार उनी भारतीय हिन्दुवादी नेताहरुसँग आफ्नो सम्बन्ध बलियो बनाउँदैछन् । जसले गर्दा उनलाई राजनीतिक सहायता पुग्ने अपेक्षा गरिएको छ ।

स्मरणीय के छ भने, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय लगायत थुप्रै नेताले भारतीय नेता आदित्यनाथसँग भेटवार्ता गरिसकेका थिए । र ति भेट विवादास्पद नै रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *