२०८१ वैशाख १३ गते | 25th of April 2024

उमा कार्की थापाद्दारा उपाध्यक्ष पदमा उम्मेद्वारी : एनआरएन चुनावले तात्दैछ लस एन्जलस

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २४ गते २१:०१

जिउंदा शहिद गणेशबहादुर कार्कीकी सुपुत्री तथा बिगत लामो समयदेखी लस एन्जलसमा संघर्श, सेवा र समाजमा लागेकी उमा कार्की थापाले आसन्न एनआरएन अमेरिकाको निर्वाअचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन्  ।

समाजसेवालाई दरिलो निरन्तरताका लागि गत बर्षदेखी ‘गणेश – तिर्था फाउन्डेशन’ मार्फत लागिपरेकी स्थानिय नेपाल अमेरिका एकता समाजकी दुई कार्यकालकी अध्यक्ष, नेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरकी सल्लाहकार लगायत बिभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध रहेकी थापा एनआरएनको अघिल्लो चुनावमा पनि उपाध्यक्ष पदकी उम्मेद्वार थिईन ।

एनआरएन अमेरिकाकी प्रथम महिला संयोजक एवम आईसीसीकी बर्तमान महिला टास्क फोर्सकी सदस्य श्रीमती थापा लस एन्जलस्स क्षेत्रमा सामाजिक सेवा र सकृयताले चर्चित छिन् । ब्युटी पार्लरमा कार्यरत तलब र श्रममा शोषित महिलाहरुको हितका लागि मुद्दा लडेर अधिकार सुनिश्चित पार्ने अभियानमा सफल भएकी थापा औंलामा गनिने नेपाली अमेरिकन महिला अभियान्ता भित्र पर्दछिन ।

अमिल्दो चुनावी तालमेल र उनकै शब्दमा ‘घात’ का कारण अघिल्लो चुनावमा हार भोगेकी थापाले खुल्लमान्चसंग भनिन, ‘नेपालमा स्थानिय चुनावमा प्रत्यक गांऊ, नगर र महानगरपालिकामा महिलाहरु उप-मेयरका उम्मेद्वार हुनैपर्ने नियम छ, जो अहिले निर्वाचनमा भाग लिईरहेका छन । हामीले प्रजान्त्रको दुहाई गर्ने यो शक्तिशाली प्रजातान्त्रिक मुलुकमा महिला अधिकार र सहभागीताको अंश जसरी खिचिंदै गएको छ, त्यो न्युनताको पाटोलाई मेट्दै महिला हक र हितका आवाजका लागि निर्वाचन लड्ने निर्णय गरेकी हुँं ।’ श्रीमती थापा थप्छिन, ‘उम्मेद्वारी घोषणा, सामाजिक सेवाको निरन्तरतालाई राजनैतीक ट्याग लगाएर गलत्याउने चलनको निराकरणका लागि मेरो उम्मेद्वारी प्रस्तुत गरेकी हुँं ।’

‘आस्था आफ्ना ठाउंमा सबका हुन्छन’, थापा थप्छिन, ‘तर गुट-उपगुट, चाकरी र पेलानको नजीर हामीले तोड्नुपर्छ । महिलाको अबोध मौनतामाथी राजनीतिको रंगले लेपन गरिने शक्तिको बिरुद्धमा लडेर थाक्दिन, म । मौनता आँफैमा एउटा शक्ती हो । एकताको सामुदायिक प्रयाय लस एन्जलस र अमेरिकाभरका शुभचिन्तकहरुको साथ र मायाले मलाई अघी बढ्न प्रेरित गरेको हो । जित्नका लागि हो लड्ने, सत्यताको आधारले निर्वाचनमा मलाई बिजयी बनाउने छ । खोई महिलाको प्रतिनिधित्व ? दवाबले महिलाको अधिकार सुरक्षित हुन्छ ? हाम्रा लागि को बोल्ने ? हाम्रा लागि म बोल्न अघी सरेको हुँं । आंटले अघी सर्दा दवाबले हार्छ, आत्मबिश्वास ठुलो दवाब हो ।’

स्पश्ट बुझाई, खरो स्वाभाव र सेवाका लागि पछी नहट्ने थापाको उम्मेद्वारीले झल्यास्स भएको छ, एनआरएन, अमेरिकी निर्वाचनीय बातावरण, तात्दैछ, लस एन्जलस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *