२०८१ वैशाख ११ गते | 23rd of April 2024

लामिछानेले बुझाए आयोगमा चुनावी खर्च विवरण

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २५ गते १५:२१

काठमान्डौं । गत महिना सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एक अन्तर्गत प्रदेश ख बाट नेपाली कांग्रेसका उम्मेदवार रहनु भएका युवा नेता सुरजचन्द्र लामिछानेले मंगलवार निर्वाचन आयोगमा आफ्नो खर्च विवरण बुझाउनु भएको छ । आयोगमा बुझाइएको विवरण अनुसार लामिछानेले चुनावमा विभिन्न शीर्षकमा गरी कुल नौ लाख सोर्ह हजार आठ सय बयाननब्बे रुपैया तीस पैसा (९,१६,८९२र३०) खर्च गर्नुभएको छ ।

निर्वाचनमा पराजित भएपनि लामिछानेले आयोगमा खर्च विवरण बुझाउनु भएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका लामिछाने १९ भोटको अन्तरले पराजित हुनु भएको थियो । नेपाली कांग्रेस भित्र बौद्धिक, जुझारु, लगनशील तथा शशक्त युवा नेताको रुपमा परिचित लामिछाने झिनो अन्तरले पराजित हुने नेताहरु मध्ये एक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *