1

युटाह्मा सेभेन इलेभेनका दुई हजार ग्राहकलाई हेपटाईटिस एक सरेको हुनसक्ने भन्दै सतर्क हुन सुझाव

223 पटक पढिएको

अमेरिका- युटाह् राज्यको साल्ट लेक काउण्टीका स्वास्थ्य अधिकारीले स्थानीय सेभेन इलेभेनका करिब २ हजार ग्राहकलाई हेपटाईटिस ए सरेको हुने सक्ने भन्दै सतर्क हुन सुझाव दिएको छ ।

त्यहाँको वेष्ट जोर्डनमा रहेको सेभेन इलेभेनमा डिसेम्बर २६ देखि जनवरी ३ सम्म गएका ग्राहकले जसले त्यहाँको खाना खाएका छन् वा ट्वाइलेट उपयोग गरे उनीहरूलाई हेपटाईटिस ए सरेकोे हुन सक्ने भन्दै साल्टलेक काउण्टीको स्वास्थ्य विभागले सतर्क हुन सुझाव दिएको हो ।

त्यहाँका कुनै हेपटाईटिस ए भएका बिरामी मार्फत केही खानेकुरा वा टवाइलेटमा उक्त रोगका कीटाणु प्रवेश गरेको हुन सक्ने विभागले जनाएको छ । त्यस क्षेत्रमा एकाएक एकै पटक धेरैलाई हेपटाईटिस ए देखिएपछि यस्तो आशंका गरिएको हो ।

उक्त स्टोरमा गएका ग्राहक जसले ट्वाइलेट उपयोग गरे वा सोडा लगायतका फाउण्टेन ड्रिक, फ्रेस फुलफुल, त्यहां बनेको खाना खाए उनीहरूलाई हेपटाईटिस ए सर्न सक्ने विभागले जनाएको छ । यो अति सरुवा रोग लाग्न वाट बच्न खोप समेत लगाउन सुझाव दिइएको छ । प्याकेजका खानामा भने यो समस्या नरहेको विभागले जनाएको छ ।

सोमवार दिउसासम्म २ सय ५६ जनालाई स्वास्थ्य विभागले खोप लिन पठाएको सीएनएनले स्थानीय समाचारलाई उल्लेख गर्दै जनाएको छ ।

उक्त स्टोरका करिब २ हजार नियमित ग्राहक रहेका अनुमान छ । हेपटाईटिसएक प्रकारको अति सरुवा रोग हो । यसले कलेजोमा आक्रमण गर्छ । हेपटाईटिस रोगीले छोएका खाना, ट्वाइलेट, शरिरिक सम्पर्क लगायतवाट यो रोग सर्छ ।

यो रोग लाग्दा टाउको दुख्ने, बान्ता आउने, ज्वरो लगायतका लक्षण देखिन्छन् । हेपटाईटिस ए भारइसलाई सजिलै मार्न सकिदैंन ।
खानासँग सम्बन्धित व्यवसायमा संलग्ने हुनेले हेपटाईटिस ए को खोप लगाउनु राम्रो हुने विभागका कार्यकारी निर्देशक गरी इडवार्डसले बताए । बिरामी भएको अवस्थामा काम गर्न नहुने, स्वास्थ्य सम्बन्धी मापदण्डहरू पुरा गर्नु पर्ने, हात राम्रोसँग धोएर मात्र काममा फर्कनु पर्ने कुरा पनि महत्त्वपूर्ण हुने उनले बताए ।

स्वास्थ्य विभागको चेतावनी पछि स्टोरले कीटनाशक छर्केर सफा गरेको छ । यो स्वास्थ्य समस्यामा सेभेन इलेभेनले स्वास्थ्य अधिकारीलाई पूर्ण सहयोग गरेको स्टोरले जनाएको छ ।

Source : HimalayaKhabar

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...