1

भो नबिटुल्याउ डा. गोविन्द के सीलाई

200 पटक पढिएको

राजन अधिकारी – लस एन्जलस, क्यालिफोर्निया । 

अचानक राती चोरआयो चोरआयोको आवाजले निन्द्रा भंग हुन्थ्यो छिमेकमा ठूलै बिपत परेछ कि क्याहो भनेर रातको अर्धनंग्न र अर्धनिन्द्राकै अबस्थामा हातमा टर्च र लाठो लिएर आबाज आएतिरै दौडिन्थ्यौ र आफूपनि चोरचोर भन्दै भिडको पछिपछि लाग्थ्यौ तर चोर कहिल्यै पक्रन सकिन्थेन यो क्रम धेरै पटक दोहोरियो २०६२ साल तिर तत्कालिन नागर्जुगं नगर पालिका राधाकृष्ण मन्दिर वरपर । धेरै पछि थाहा पाईयो कि चोरहरू पनि हामीसंगै चोरचोर भन्दै हिडिरहेका हुंदारहेछन, नयॉं बस्ति र भर्खर भर्खर मात्र बिभिन्न जिल्लाबाट माईग्रेट भएर आएका मानिसहरू धेरै भएकाले एक आपसमा राम्रो चिनजान समेत थिएन र सोही अबस्थालाई चोरहरूले आफ्नो दुनो सोझ्याउन सदुपयोग गरेका रहेछन !

डा. गोबिन्द केसी नेपालीहरूका बिच त्यागी, समाजसेबी मात्र होईन भ्रष्टाचार र अनिमियाताका बिरूद्द आफूलाई आहुति दिन तत्पर एक अटल र साधक ब्यक्तित्व हो त्यसैले उनि सामान्य मान्छे भन्दा धेरै उत्कृष्ट छन ! पारिवारिक मोह , ब्यक्तिगत सम्पत्ति आर्जन र भोगविलासिताको जीबन मात्र त्यागेका छैनन उनले ३ करोड़ सामान्य र गरिब नेपालीहरूको शिक्ष स्वास्थ्यमा समान पहुंचको लागी बाधक र खलनायक बनेका भ्रष्ट र कमिसनखोरहरूको मुख्य दुस्मनको रूपमा समेत आंफूलाई सतिसाल जस्तै अटल बनाएर ठड्याएका छन ! सिटामोल देखि एम बि बि यस डिग्रीका मोलमोलाईका हिसाब खोजिरहेका छन उनी त्यसैलेत उनी भगवान नभए पनि मानिसहरू भन्दा माथी छन !

डा. केसी हिजो देखि आजसम्म धेरै नेता र प्रशासनलबाट प्रताडित भएको ब्याक्तित्व हो, उनको जायज मागलाई तुहाउन थुप्रै जालझ्याल बुनेका छन सरकार र प्रशासनले हुंदाहुदै अबत भ्रष्टाचारको बिरूद्दमा कुरा गर्दा रातारात गिरफ्तार समेत हुन पर्यो डा केसीलाई । उनका समर्थनमा अहिले मानबसागर नै उर्लिएको अबस्थामा छ तर अब सबैले बुझ्नुपर्यो कतै त्यो मानबसागरलाई झुक्याउन र भ्रममा पर्न डा केसीलाई नै प्रताडित गर्ने ब्याक्तिहरू पनि हो हो गर्दै भाषण ठोकिरहेका त छैनन जसरी हामी चोरसंगै हातेमालो गर्दै चोर समात्न भनेर हिडिरहेका थिंयौ !

रबि लामिछाने बोलोस्, महाबिर पुन बोलोस् , धुर्मुस सुन्तली बोलुन जो जस्ले डा. केसीले जस्तै सॉंचो अर्थमा समाजसेवा गरेर देखाई रहेकाछन, तर ब्याबसायीक समाजसेवा गर्ने र भोटकोलागी भषण ठोक्नेहरूले डा. केसीको समर्थनमा बोल्दैमा सारा नेपालीहरू झुक्किनु हुदैन कि तिनीहरूले पैसा कमाउन र बिलासिताको जीवन जीउन भ्रष्टाचार गरेका थिए, गुण्डा पालेका थिए, अफिसर, न्यायधीश, राजदूत आदि आदि हुन र बनाउन पैसाको कारोबार गरेका थिए भने तिनीहरूलाई फेरीपनि मान्छेकै रोहबरमा राखी उनीहरूको नक्कली समर्थनलाई ताली ठोक्दै अनुमोदन गर्ने हो भने डा. केसीलाई अन्याय हुन जानेछ र उनको पबित्र सेवा बिटुलो हुन पुग्छ अतयब भो डा.केसी लाई बिटुलो नबनाउ !!

राजन अधिकारी ( लस एन्जलस, क्यालिफोर्निया )

तपाईको प्रतिक्रिया

नेपालको टीपीएस नथप्ने ट्रम्प प्रशासनको तयारी

अमेरिका - अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा गएको.. ...

एनआरएन अमेरिका, हेल्प डेस्क कोष स्थापनाको लागि आग्रह

सान-फ्रान्सिस्को - सान फ्रान्सिस्कोमा हालै सम्पन्न सम्पन्न हेल्प यन्ड सेल्फ हेल्प बिषयक.. ...

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाही – सभापति देउवा

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...