२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाली रङ्गमन्चको एउटा अथक योद्दा : हरिबहादुर थापा

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २६ गते ०:३८

गणेश खड्का

“आजभोलि दुख्दैन गोडा मैनाकाँडो टेकेपनि,
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखेपनि”

राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र राज थियो । त्यही नाटक, जसमा कालजयी र जीवन्त अभिनय गरेका थिए नेपाली रङ्गमन्चका सिद्दहस्त अभिनेता हरिबहादुर थापाले । मालती मङ्गले नाटक का नायक अथवा मङ्गले, हरिबहादुर थापालाई खासमा त्यही नाटकले चर्चा,उत्कृष्टता र सफलताको शिखरमा पुर्याइदियो । यद्दपि त्योभन्दा अगाडी नै विजय मल्ल लिखित नाटक ‘वीरकुश’ नाट्य सम्राट बालकृष्ण समको ‘भक्त भानुभक्त’ र चुडानाथ भट्टराई लिखित ‘पृथ्वीनारायण शाह’ जस्ता नाटकहरूको सफल मन्चन पश्चात आफूलाई कुशल अभिनेताको रूपमा परिचित गराइसकेका थिए हरिबहादुरले । प्रज्ञा प्रतिष्ठानमा मन्चित उनको प्रथम नाटक चाहिँ ‘वीरकुश’ रहेछ।

तीसको दशकताका यो नाटकले नेपाली रङ्गमन्चमा तहल्का मच्चाईरहँदा हरिबहादुर थापाको बेजोड अभिनयले वृहत्तर प्रभाव छोड्यो l यतिसम्मकी तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्य उक्त नाटक हेर्न तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान सम्म पुगेका थिए र नाटकको प्रभावले रानी ऐश्वर्य भावविव्हल भई सेतो रुमाल झिकेर आँसु पुछेकी थिइन् रे अनि केही दिन पश्चात दरबारबाट उक्त नाटक टिमलाई त्यतिबेलाकै रकम रु. एक लाख प्रदान भएको थियो रे । यस्ता थुप्रै-थुप्रै प्रभावी नाटकहरू गर्दै नेपाली रङ्गमन्चमा सक्रिय योगदान दिइरहेका अथक रङ्गकर्मी हरिबहादुर थापा अध्यावधि निरन्तरताको बाटोमा पाइला चालिरहेका छन् ।

रङ्गकर्मी हरिबहादुर थापाको जन्म २००९ साल, असार ७ गते , भक्तपुरको कटुञ्जेमा भएको थियो l सानैदेखि कला,अभिनयमा उत्कट अभिरुचि भएका कारण आफूलाई त्यही बाटोमा हिंडाउने उनको स्वप्रयास त्यतिबेला सार्थक भयो जतिबेला उनले आफू अध्यनरत विद्यालयमा पहिलो नाटक ( किसान / २०२२ ) मा अभिनय गरे l विध्यालयका गुरुबर्ग,मान्यजन र साथीसंगीको प्रशंसा र प्रेरणाले उनी झन् हौसिए l पिता थिए नेपाली सेना , आफ्नो पुत्रलाई पनि उतै लागोस् भन्ने चाहना राख्दथे तर उनको भित्री इच्छा र लगावका कारण त्यो बाटो परिवर्तन भएन l माता थिइन् आफ्नो छोराको खुशी नै आफ्नो खुशी ठान्ने, छोराको कला यात्रामा भरथेग गरिन् l दाजुले राजनीतिको बाटो समाईसकेका, आफ्नो भाइले रोजेको बाटोमा साथ नै दिए l

”राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र राज थियो । त्यही नाटक, जसमा कालजयी र जीवन्त अभिनय गरेका थिए नेपाली रङ्गमन्चका सिद्दहस्त अभिनेता हरिबहादुर थापाले । मालती मङ्गले नाटक का नायक अथवा मङ्गले, हरिबहादुर थापालाई खासमा त्यही नाटकले चर्चा,उत्कृष्टता र सफलताको शिखरमा पुर्याइदियो । यद्दपि त्योभन्दा अगाडी नै विजय मल्ल लिखित नाटक ‘वीरकुश’ नाट्य सम्राट बालकृष्ण समको ‘भक्त भानुभक्त’ र चुडानाथ भट्टराई लिखित ‘पृथ्वीनारायण शाह’ जस्ता नाटकहरूको सफल मन्चन पश्चात आफूलाई कुशल अभिनेताको रूपमा परिचित गराइसकेका थिए हरिबहादुरले । प्रज्ञा प्रतिष्ठानमा मन्चित उनको प्रथम नाटक चाहिँ ‘वीरकुश’ रहेछ।”

आफ्ना काका,दाजु र साथीभाइ सँग गाउँमा नाटक गर्दा गर्दै एस.एल.सी. पास गरेपछि हरिबहादुरले आफ्नो नाट्य यात्रा झन् लामो बनाए र काठमाडौँ हानिए l फलस्वरूप ठुलो सपनाको पोको बोकेर २०२८ सालमा प्रतिभाशाली युवा रङ्गकर्मी हरिबहादुर थापा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरेको रूपमा प्रवेश गरे l विजय मल्ल लिखित तथा प्रचण्ड मल्ल निर्देशित नाटक – ‘वीरकुश’ (२०२९) मा अभिनय गरेपछि रंगकर्मी हरिबहादुर थापाले आफ्नो रङ्ग यात्रामा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन l कहिले प्रशिक्षार्थी,कहिले प्रशिक्षक,कहिले अभिनेता त कहिले निर्देशक हुँदै रङ्गकर्मको यति लामो यात्रा तय गरिसक्दा हरिबहादुर थापाले थुप्रै आरोह-अवरोह खेपे, तर कहिल्यै पनि आफ्नो रङ्गमंचीय बाटोबाट विचलित भएनन् l यो बिचमा नेपालका मुर्धन्य नाटककारदेखि पछिलो पुस्ताका नाटककार सम्मका नाटकमा उनले काम गरिसकेका छन् l

नाट्य सम्राट बालकृष्ण सम, विजय मल्ल, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, गोविन्द मल्ल गोठाले, सत्यमोहन जोशी, पहलमानसिंह स्वाँर,राष्ट्रकवि माधवप्रसाद घिमिरे जस्ता वरिष्ठ नाटककारका दर्जनौ नाटकमा बेजोड अभिनय गरेर ख्याति कमाएका रङ्गकर्मी हरिबहादुर थापाले निर्देशकहरू प्रचण्ड मल्ल, वसन्त श्रेष्ठ, हरिहर शर्मा, शाकुन्तला शर्मा,अशेष मल्ल, निर शाह लगायतलाई पनि आफ्नो अब्बल कलाकारिताको प्रभावमा राख्न सफल भैसकेका छन् l यो कालखण्डमा उनले अभिनय गरेका थुप्रै उत्कृष्ठ नाटकहरू मध्य- वीरकुश, भक्त भानुभक्त, पृथ्वीनारायण, मालती मङ्गले, सहनशिला सुशिला, अन्धवेग, मसान, फर्केर हेर्दा, जब घाम लाग्छ, दैलाको बत्ती, कोही किन बर्बाद होस्, पहाड चिच्याइरहेछ, भित्तेघडी, हामी बाँच्न सक्छौँ, पुरानो घर, अमर सिंह, आघात, शकुन्तला, देउकी, विष्णुमाया आदि प्रमुख छन् l

वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा सँग यो पङ्क्तिकारको पहिलो साक्षात्कार पचासको दशक प्रारम्भतिर भएको हो l त्यतिबेला उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्दारा आयोजित क्षेत्रीय नाटक महोत्सवको सिलसिलामा संगीत तथा नाट्य विभागका प्राज्ञ अशेष मल्ल लगायतको समूहमा धनकुटा पुगेका थिए l त्यसबखत देशभरि नाटक महोत्सव हुन्थ्यो पूर्वान्चलदेखी सुदूरपश्चिमाञ्चल सम्मै l ती सब नाट्य महोत्सवहरूको संयोजक / सदस्य सचिव रहन्थे हरिबहादुर थापा l यसले उनी कुशल रङ्गकर्मीको अलावा असल / सक्षम प्रशासक पनि हुन् भन्ने कुरा पुष्टि गर्दछ l त्यतिबेला यो पङ्क्तिकारले पनि आफ्नो प्रतियोगी नाटक देखाउने र प्रज्ञा प्रतिष्ठानको तर्फबाट मन्चित अतिथि नाटक हेर्ने अवसर पाएथ्यो l

“हरिबहादुर थापाको रङ्गमन्चीय यात्रामा अर्को एउटा उत्कृष्ट,उल्लेखनीय र ऐतिहासिक कर्म त्यो बन्यो जुन सुन्दा मात्र पनि सारा नेपालीले गर्व गर्नुपर्दछ । त्यो हो – नेपाली नाटक लाई प्रज्ञा प्रतिष्ठानको सामान्य प्रेक्षालय बाट संसारकै उत्कृष्ट र चर्चित रङ्गमन्च न्युयोर्क,अमेरिकाको ” अफ ब्रोड वे ७७७ नाट्यशाला ” ( OFF BROADWAY 777 THEATER ) मा जोड्नु । उक्त थिएटरमा अशेष मल्ललिखित नाटक ” जोडियोस भत्किएका मनहरू ” को सफल मन्चन पश्चात उनी झन् बढी उचाइमा पुगे । त्यो नाटकको उत्कृष्ट निर्माण,निर्देशन र अभिनय उक्त हलमा गरेपछि हरिबहादुर थापाको ख्याति झन् आकासियो । यतिबेला उनी नेपाली नाटकलाई विश्व रङ्गमन्चमा मन्चन गर्ने दौडाहामा छन्।”

हरिबहादुर थापाबाट सिक्ने कुरा थुप्रै छन् भन्ने कुराको बोधताले त्यहीँदेखि यो पङ्क्तिकार पनि निकट छ उनी सँग l कुशल रङ्गकर्मी र असल प्रशासक बाहेक उनको एउटा गज्जबको विशेषता छ, त्यो हो – उनको भव्य व्यक्तित्व। गम्भीर,सरल,शालीन,मृदुभाषी र अन्तर्मुखी स्वभावका धनी हरिबहादुर थापा रङ्गकर्मलाई जीवनको अभिन्न अङ्ग ठान्दछन् । सायद रङ्गकर्मबाहेक अरू त उनी सोच्न पनि सक्दैनन् । आफ्नो ४२ वर्षे जागिरे जीवनमा पनि उनले रङ्गकर्म नै गरे अनि नेपाल प्रज्ञा प्रतिष्ठान बाट सेवा निवृत्त भैसकेपछि पनि रङ्गकर्म मै व्यस्त छन् ।

२०६८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको नाटक विभागको निर्देशकबाट सेवा निवृत्त भएपछि पनि नेपाली रङ्गमन्चकै श्रीवृद्दिमा निरन्तर लागिरहेका हरिबहादुर थापा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा पुरस्कारबाट सम्मानित पनि भएका छन् । जसमध्ये – इन्द्रराज्यलक्ष्मीदेवी प्रज्ञा पुरस्कार- २०५७, शुभ राज्याभिषेक पदक- २०३१, गोरखा दक्षिणबाहु-२०५६, वीरेन्द्र-ऐश्वर्य पदक- २०५८, मुस्याचु पुरस्कार- २०४२, सर्वनाम पुरस्कार- २०५७, श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरबाट रङ्गमन्चका लागि प्रदान गरिने विशेष सम्मान ” बालकृष्ण सम रङ्ग सम्मान”- २०७२, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्कद्दारा ” रङ्गमन्च सम्राट सम्मान”- सन् २०१६, सत्यमोहन जोशी शताब्दी महोत्सव सम्मान- २०७३ लगायत प्रमुख छन् ।

उनी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थापनाकालको प्राज्ञ-सभा सदस्यमा पनि मनोनीत भएका थिए । जागिरबाट सेवा निवृत्त भएपछि पनि हरिबहादुर थापाले निक्कै उल्लेखनीय कार्य गरिरहेकाछन् । आफ्नो रङ्ग यात्रामा गरेका महत्वपूर्ण विभिन्न नाटकहरूलाई एक घन्टाको एकल प्रस्तुति स्वरूप सर्वनामको प्रेक्षालयमा अभिनय गरेपछि हरिबहादुर थापाको रङ्ग योगदान झन् चुलियो। दश पाइला नामक उक्त प्रस्तुति नेपाल लगायत अमेरिकामा समेत प्रदर्शन हुँदा हरिबहादुर थापा अझ चम्किए । उक्त प्रस्तुति प्रभावकारी त रह्यो नै, यो एउटा नवीन र महत्वपूर्ण प्रयोग समेत साबित हुन पुग्यो ।

नाट्य सम्राट बालकृष्ण सम, विजय मल्ल, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, गोविन्द मल्ल गोठाले, सत्यमोहन जोशी, पहलमानसिंह स्वाँर,राष्ट्रकवि माधवप्रसाद घिमिरे जस्ता वरिष्ठ नाटककारका दर्जनौ नाटकमा बेजोड अभिनय गरेर ख्याति कमाएका रङ्गकर्मी हरिबहादुर थापाले निर्देशकहरू प्रचण्ड मल्ल, वसन्त श्रेष्ठ, हरिहर शर्मा, शाकुन्तला शर्मा,अशेष मल्ल, निर शाह लगायतलाई पनि आफ्नो अब्बल कलाकारिताको प्रभावमा राख्न सफल भैसकेका छन् l यो कालखण्डमा उनले अभिनय गरेका थुप्रै उत्कृष्ठ नाटकहरू मध्य- वीरकुश, भक्त भानुभक्त, पृथ्वीनारायण, मालती मङ्गले, सहनशिला सुशिला, अन्धवेग, मसान, फर्केर हेर्दा, जब घाम लाग्छ, दैलाको बत्ती, कोही किन बर्बाद होस्, पहाड चिच्याइरहेछ, भित्तेघडी, हामी बाँच्न सक्छौँ, पुरानो घर, अमर सिंह, आघात, शकुन्तला, देउकी, विष्णुमाया आदि प्रमुख छन् l”

हरिबहादुर थापाको रङ्गमन्चीय यात्रामा अर्को एउटा उत्कृष्ट,उल्लेखनीय र ऐतिहासिक कर्म त्यो बन्यो जुन सुन्दा मात्र पनि सारा नेपालीले गर्व गर्नुपर्दछ । त्यो हो – नेपाली नाटक लाई प्रज्ञा प्रतिष्ठानको सामान्य प्रेक्षालय बाट संसारकै उत्कृष्ट र चर्चित रङ्गमन्च न्युयोर्क,अमेरिकाको ” अफ ब्रोड वे ७७७ नाट्यशाला ” ( OFF BROADWAY 777 THEATER ) मा जोड्नु । उक्त थिएटरमा अशेष मल्ललिखित नाटक ” जोडियोस भत्किएका मनहरू ” को सफल मन्चन पश्चात उनी झन् बढी उचाइमा पुगे । त्यो नाटकको उत्कृष्ट निर्माण,निर्देशन र अभिनय उक्त हलमा गरेपछि हरिबहादुर थापाको ख्याति झन् आकासियो । यतिबेला उनी नेपाली नाटकलाई विश्व रङ्गमन्चमा मन्चन गर्ने दौडाहामा छन्।

पछिल्लो समय नेपाली नाटक कै प्रचारप्रसार र मन्चनको सिलसिला बोकेर अमेरिका हुँदै अष्ट्रेलिया पुगेका वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले लामो समयको अन्तरालपछि यो पङ्क्तिकार सँगको एक डिजिटल भेटमा भने- ” म नेपाली नाटकलाई विश्व रङ्गमन्चमा चिनारी सहित मन्चन गर्न चाहन्छु , तपाईहरु सबैको साथ चाहियो । ” नेपाली गीत-सङ्गीत र नृत्यको प्रस्तुति संसारभरि हुनेगरेको तर नाटक चाहिँ लगभग शून्य प्राय भएकोले त्यो काम अब आफूले गर्ने समेत बताए उनले । वास्तवमा हरिबहादुर थापा मात्र यस्ता रङ्गकर्मी हुन् , जसले जीवनमा नाटक बाहेक केही गरेनन् । उनका समवयका कत्ति रङ्गकर्मीहरू पैसाको लोभमा रङ्गमन्च छोडेर सिनेमातिर हाम्फाले , तर हरिबहादुरलाई त्यो प्रलोभनले कहिल्यै छोएन। लाग्छ – हरिबहादुर थापा केवल रङ्गमन्चकै लागि जन्मेका हुन् ।

खानु,पिउनु,ओढ्नु,ओछ्याउनु, बोल्नु,हाँस्नु,अफिस,घर,जागिर,गैर जागिर,देश,विदेश…जताततै नाटक नै नाटक मगमगाउने हरिबहादुर थापा नाट्यश्वरी माताको साक्षात् पुत्र हुन् । ५ वर्षको उमेरमा रङ्गकर्म शुरु गरेका हरिबहादुर थापाले ४२ वर्ष प्रज्ञा प्रतिष्ठानको जागिरेको रूपमा रहँदा पनि नाटक नै गरे र त्यहाँबाट सेवा निवृत्त भएर आफ्नो उमेरको ६५ औँ वसन्त पार गर्न लाग्दा पनि नाटक नै गरिरहेकाछन् १६ वर्षे जाँगर बोकेर ।

तीसको दशकताका यो नाटकले नेपाली रङ्गमन्चमा तहल्का मच्चाईरहँदा हरिबहादुर थापाको बेजोड अभिनयले वृहत्तर प्रभाव छोड्यो l यतिसम्मकी तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्य उक्त नाटक हेर्न तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान सम्म पुगेका थिए र नाटकको प्रभावले रानी ऐश्वर्य भावविव्हल भई सेतो रुमाल झिकेर आँसु पुछेकी थिइन् रे अनि केही दिन पश्चात दरबारबाट उक्त नाटक टिमलाई त्यतिबेलाकै रकम रु. एक लाख प्रदान भएको थियो रे । यस्ता थुप्रै-थुप्रै प्रभावी नाटकहरू गर्दै नेपाली रङ्गमन्चमा सक्रिय योगदान दिइरहेका अथक रङ्गकर्मी हरिबहादुर थापा अध्यावधि निरन्तरताको बाटोमा पाइला चालिरहेका छन् ।”

जति धेरै पछि उनीसँग कुरा गर्दा पनि उस्तै हैसियत राख्ने उनको आवाज सुन्दा पनि नाटक नै हेरिरहेजस्तो लाग्छ l यथार्थमा हरिबहादुर थापा नेपाली रङ्गमन्चका पर्याय नै हुन् भन्दा उनीप्रति न्याय नै हुन्छ । सरकारसँग साधन,श्रोत,सामर्थ्य र निकाय छ तर मन छैन l नेपाली रङ्गमन्चको विकासको ठेक्का पाएकाहरुसँग शक्ति छ तर इच्छाशक्ति छैन ।हरिबहादुर थापासँग चाहिँ अरू कुरा होला नहोला तर केही गर्ने इच्छाशक्ति,जोश,जाँगर र विशाल मन छ l यसरी जीवनको उत्तरार्द्धतर्फ ढल्किदै गर्दा समेत नेपाली रङ्गमन्च र नाटक को विकास,सम्बर्द्धन,प्रबर्द्धन र प्रचारप्रसारमा अहोरात्र जुटेका महान स्रष्टा, नेपाली रङ्गमन्चका अथक योद्दा हरिबहादुर थापा प्रति नतमस्तक सलाम् ! नेपाली नाटकलाई विश्व रङ्गमन्चमा चिनाउदै मन्चन गर्न चाहने वरिष्ठ रङ्गकर्मीको यो अभियानलाई हार्दिक शुभेक्षा र शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *