२०८१ वैशाख १२ गते | 24th of April 2024

पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २६ गते २३:४०

न्यूयोर्क । मिर्गौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् । आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्ट संग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ । उक्त भिडियो मार्फत पप सम्राट ओम बिक्रम बिष्टले भासिएको आवाजमा आफू केहि दिन देखि दुवै मिर्गौला खराव भएर आफू डायलेसिसको उपचारमा छु भनि संदेश दिएका छन् । यसै गरि अमेरिका पुगेका अभिनेता सरोज खनालले सहित कलाकार बिष्टलाई तन मन धन ले सहयोग गरौ भनि सन्देश दिएका छन् ।

कला र कलाकारको सारथी इनास अमेरिका को मुख्य नारा “जिउदो श्रस्टाको सम्मान गरौ ” भन्दै कलाकारको लागि १० हजार डलरको गो फन्ड खोलेको छ । आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका अन्य संघ/संस्था संग समन्वय गरि सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ ।

अहिले नगरे कहिले गर्ने ,हामी नेपालीले नगरे कसले गर्ने भन्दै यस्तो विषम परिस्थितिमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरुको धर्म हो । यसकारण आउनुस हामी नेपाली सबै मिलि ओम बिक्रम बिष्टलाई सहयोग गरौ भनि ईनासले संदेश सार्बजनिक गरेको छ ।
गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेला गराएको थियो । कार्यक्रमको लागि विभिन्न राज्यहरुबाट कलाकारहरुको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *