२०८१ वैशाख ६ गते | 18th of April 2024

आमा सेमिनार सम्पन्न – फोटो फिचर

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २६ गते २३:५६

कैलाशबाबु श्रेष्ठ – गोरखा ।  देशभरका आश्रमहरुमा बृद्व आमाबुवालाई जानबाट रोक्ने तथा आश्रम सम्म आमावुवालाई नआउने बातारवरण बनाउने उद्वेश्यका साथ आयोजित ‘आमा सेमिनार’ सम्पन्न भएको छ ।


बृद्व आमाबुवा जिवित देवी देवता भएका कारण त्यस्ता देवीदेवताहरुलाई छोरा छोरीहरुले बृद्वावस्थामा आफ्नो वरपर नै राखेर पालनपोषण गनुपर्ने जनचेतना जगाउने उद्वेश्यका साथ गोरखा नगरपालिका र मानव सेवा आश्रमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो ।


सदरमुकामको गोरखाकाली चलचित्र मन्दिर हलमा भएको कार्यक्रममा ठुलो संख्यामा सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा आश्रमका सल्लाहकार डा.गोबिन्द टण्डन, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र उपमेयर बिना श्रेष्ठले आफ्नो भनाई राखेका थिए ।


कार्यक्रममा हालै सम्पन्न गोरखकाली मेलाका आयोजक संस्था हरमटारी क्लबले ४९ हजार ७ सय १६ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *