२०८१ वैशाख १५ गते | 27th of April 2024

२ सय ९६ आै‌ं पृथ्वी जयन्ती (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २७ गते १८:५१

काठमाडौं – सरकारले १३ वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।

पृथ्वीनारायण शाहको २ सय ९६ आै‌ं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणलगायत कार्यक्रम आयोजना गरेको हो ।

पृथ्वीनारायणको शालिकमा माल्यार्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । 

सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ ।

पृथ्वीनारायणको शालिकमा माल्यार्पण
उपप्रधानमन्त्री कमल थापाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । 

२०६२/०६३ सालको आन्दोलनपछि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम पनि गर्न छाडेको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । 

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नायकका रुपमा नेपालीले सम्मान गर्ने गर्छन । उहाँले त्यसबेला बाइसे, चौबिसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो ।

राष्ट्रिय एकता दिवस
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । 

यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

राष्ट्रिय एकता दिवस
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर ः रोशन सापकोटा, रासस
राष्ट्रिय एकता दिवस
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर ः रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *