२०८१ वैशाख ६ गते | 18th of April 2024

टोलटोलमा काँग्रेसको घरदैलो

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते २:०९

पोखरा, २५ बैशाख ।
काँग्रेसले पोखरा लेखनाथ महानगरको ३३ नम्बर वडामा घरदैलो आइतबार गरेको छ । वडाको चौवादी, बरपौवा, बरमाझथर, वनपाले, डाँडागाउँ, गैह्रागाउँ दुलेगौँडासम्म घरदैलो गरिएको काँग्रेस नेता गुरुप्रसाद पौडेलले जानकारि दिए । वडा नम्बर १३ मा पनि घरदैलो भएको छ । आईतबार महानगरको बिकट गाउँ बिजयपुरका सर्वसाधारणसँग अन्तरक्रिया तथा गुनासो संकलन गरिएको प्रचार समिति सदस्य केदार सिग्देलले जानकारी दिए । वडाध्यक्षका उम्मेदवार बजिरमाज श्रेष्ठको नेतृत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा सदस्यका उम्मेदवार दिपक गुरुङ, राम बराल, महिला सदस्य तारा बराल र दलित महिला सदस्य हस्तीमाया विक लगाएतको सहभागीता थियो ।
पोखरा लेखनाथ २४ कास्कीकोटमा पनि घरदैलो गरिएको छ । सोही अवसरमा एमाले यूवा परिचालन समितिका तीनजना काँग्रेस प्रबेश गरेका छन् । सागर सुवेदी, लालबहादुर रानामगर र प्रकाश भट्टराई एमाले त्यागेर काँग्रेसमा प्रबेश गरेका थिए । वडाध्यक्षका उम्मेदवार भरत बहादुर अधिकारी सहितको टोलीले घरदैलो अभियान अन्तरगत कास्कीकोटको धावादेखि लौरुकसम्मका नागरिकसँग भेटघाट भएको काँग्रेस नेता बेदहरी तिमिल्सीनाले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका २३ मा पनि घरदैलो कार्यक्रम भएको छ । वाम्दी, चापाकोट, घडेरी लगाएतका ठाउँमा घरदैलो कार्यक्रम गरिएको वडाध्यक्षका उम्मेदवार बिष्णु प्रसाद पराजुलीले जानकारी दिए । किसान संघ कास्कीका सभापति भेषराज पराजुलीको नेतृत्वमा वडाध्यक्षका उम्मेदवार पराजुली सहित महिला सदस्य गीता भट्टराई, दलित महिला सदस्य यमकुमारी सुनार तथा सदस्यहरु दुर्गा बहादुर घले र भरतराज भण्डारी लगाएतको टोलीले सर्वसाधारणसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा पार्टी सभापति रामकाजी गुरुङ, नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी प्रसाद पौडेल, प्रचार समितिका सहसंयोजक हरिभक्त पौडेल समेत सहभागी थिए ।
पोखरा लेखनाथ १८ मा पनि घरदैलो सहित कोणसभा भएको छ । कार्यक्रममा २ सय बढीको उपस्थिती थियो । आईतबार पिपलडाली, लामागाउँ, घरेलु, रोहोटेपानी, कार्कीगाउँ लगाएत ठाउँमा कार्यक्रम गरिएको तरुण सभापति नारायण पहारीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार भरत बहादुर थापा, महिला सदस्य शोभादेवी तिमिल्सीना, दलित महिला सदस्य सम्झना नेपाली सदस्यहरु तुल बहादुर भुजेल (काजी) र तीर्थ बहादुर थापा मगर उपस्थित थिए ।
यसैगरी, पोखरा १२ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो कार्यक्रम गरेको छ । वडाध्यक्षका उम्मेदवार राम बहादुर कार्की, महिला सदस्य सिता देवी बास्तोला, दलित महिला सदस्य रोस माया दमिनी, खुल्ला सदस्यहरु राधेश्याम कोइराला र लोक बहादुर गुरुङ सहितको टोलीले संयुक्त घरदैलो गरेको हो । आइतबार लालिगुँरास टोल, भृकुटीटोल, धितालेथर लगाएतका ठाउँमा घरदैलो भएको थियो भने क्षेत्रीय सचिव कृष्ण कोइराला, क्षेत्रीय प्रतिनिधी सन्तोष बास्तोला लगाएत सहभागी थिए । वडा नम्बर ५ मा पनि दिनहुँ काँग्रेसको घरदैलो कार्यक्रम भएको छ । इकाई सभापति फणिन्द्रराज पराजुलीको संयोजकत्वमा वडाध्यक्षका उम्मेदवार रामजी कोइराला सहितको टोलीले घरदैलो गरेको हो । यसअघि सोही वडामा आयोजीत चुनावी सभामा काँग्रेस केन्दिय सदस्य धनराज गुरुङले एमालेको राष्ट्रबाद नक्कली भएको बताए । कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार रामजी कुवँर, उपप्रमुखकी उम्मेदवार सरस्वति गुरुङ, सांसद शारदा पौडेल, बृन्दा राना, वडासभापति फणिन्द्र पराजुली, सचिव पार्वती कोइराला र नि. अध्यक्ष भरतराज पौडेल लगाएतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *