२०८१ वैशाख ७ गते | 19th of April 2024

तेस्रो भिमाद कप : लस एन्जलसबाट चार जना खेलाडी नेपाल प्रस्थान

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २७ गते १९:३८

तनहुं -भिमाद । तनहुँको युवा क्लब, भिमादको आयोजनामा हुनगईरहेको रास्ट्रिय स्तरको फुटबल प्रतियोगिताको लागि ग्रेटर लस एन्जलसबाट प्रतियोगितामा भाग लिन नेपाल जाने भएका छन । नेपाल जाने ती ४ जना खेलाडीले आयोजक भिमाद युवा क्लबबाट प्रतियोगितामा भाग लिनेछन । उक्त खेलको लागि हिजो गोल किपर शरद बस्नेत र फरवार्ड समर्पण प्रसाई नेपाल प्रस्थान गरेका छन । अर्का खेलाडीद्वय बाश बिस्सु (बिश्व सुवेदी) र अबश्य रायमाझी केहि महिना अघि देखि नै नेपालमा छन् ।

जनवरी १५ देखि २२ सम्म हुन गईरहेको यस प्रतियोगितामा राष्ट्रिय स्तरका १२ टिमले प्रतियोगितामा सहभागी रहने छन् । भिमाद कपमा बिजयी टिमले नगद रु. ३ लाख र उप-बिजेता टिमले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिड-फिल्डर, फरवार्ड, सर्बाधिक गोलकर्ता र प्रतियोगिता भरिकै उत्कृस्ट खेलाडी गरि छ विधामा जनही रु १०-१० हजार पुरस्कार प्राप्त गर्नेछन ।

आयोजक भिमाद युवा क्लबद्वारा भुकम्पको बेला एक महिना सम्म ८ जिल्लाका ३५ गाउँमा पिडितको लागि क्लबका सदस्यहरु सकृय भएर सेवामा खटेका थिए ।

लस एन्जलस निवासी बास बिस्सुको पहल र सकृयातामा नै तेस्रो भिमाद कपको आयोजना हुदै छ ! नेपालका रास्ट्रिय खेलाडी सहितका खेलाडीहरु विभिन्न क्लबबाट यस प्रतियोगितामा सहभागी हुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *