२०८१ वैशाख ८ गते | 20th of April 2024

लक्यान लामा पनि तामाङ्ग सोसाईटीको अध्यक्ष पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २७ गते २०:१२

न्यूयोर्क । अमेरिकाको न्युर्योकमा यही जनवरी १३ र १४ मा हुन लागेको उत्तर अमेरिकी तामाङ सम्मे्लनका लागि सदस्य–सचिव लक्यान लामाले अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् । ज्याक्सन हाइटको थकाली किचेनमा एक कार्यक्रम गरि उनले ७ बु“दे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

सम्मेलन आयोजक समितिको सदस्य सचिवमा रही सम्मेलनको तयारीमा दिलोज्यान दिएर लागेका उनले आफूले निर्वाचन सहज रुपमा जित्ने दावी गरेका छन् । ‘मैले त्यत्तिकै उम्मेद्वारी घोषणा गरेका छैन’, उनले भने, ‘प्रतिबद्धता र मास्टर प्लान सहित मैले आफूलाई उभ्याएको छु । समग्र तामाङ एकता र प्रगतिका लागि खाली दिमाग हैन, समुदायले परिवर्तन पनि चाहन्छ त्यसैले समुदायको माँग अनुसार प्रतिबद्धता र मास्टर प्लान सहित अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले निम्नानुसारको प्रतिबद्धता र मास्टर प्लान सार्वजनिक गरेका छन् :
प्रतिबद्धता :
तामाङ सोसाइटी अफ अमेरिकाको मास्टर प्लान अन्र्तगत रहेको ‘तामाङ कल्चर एण्ड बुद्धिष्ट सेन्टर ट्रस्टी’ अन्य राज्यहरुको सहयोग र सदभाव जुटाएर कार्यान्वयन गर्ने पहल गर्ने,
दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागितामा भर्चुअल तामाङ अनलाईन स्कुल संचालन गर्ने,
भाषा, धर्म, कला, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि सम्बन्धित राज्यहरुको संस्थाहरुस“ग छलफल र सहकार्य गरि कार्यक्रमहरु गर्ने,
उत्तर अमेरिका भरका युवा तथा विद्यार्थीहरुको साझा फोरमको रुपमा ‘युवा तथा विद्यार्थी मञ्च’ बनाउने,
आपत विपत निराकरण समिति बनाउने,
विभिन्न राज्यहरुमा डम्फु सा“झ गर्ने र त्यसलाई निरन्तरता दिने,
केन्द्रिय कार्यालय स्थापनाको पहलकदमी गर्ने ।

मास्टर प्लान :
ग्लोबल तामाङ कन्फ्रेन्स गर्ने,
अन्तराष्टिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने,
तामाङ प्रशासकीय भवन बनाउने,
संयुक्त लगानीका लागि पहल गर्ने ।

को हुन् लक्यान लामा :
लक्यान लामा लामो समयदेखि तामाङ सुमदायको हक, हित र अधिकारको लागि संघर्षरत व्यक्तित्व हुन् । उनी पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको ठोरी गाउँपालिकास्थित ब्रम्हनगरमा जन्मेका हुन् । नेपाल ल क्याम्पस काठमाडौंबाट स्नातक गरी त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनीसँग नेपालमै रहँदा कानून ब्यबसायीको रुपमा सर्वोच्च अदालतमा बहस गरेको अनुभव समेत छ ।

पछि उनको जिम्मेवारी विभिन्न मन्त्रालय हुँदैसमाज कल्याण परिषदमा सर्यो, र त्यहाँ उनले सहायक निर्देशकको जिम्मेवारी पनि बहन गरे । जहाँ रहे पनि सामाजिक गतिबिधिसित जोडिन चाहने समाजसेवी लामा सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आइरहेका छन् भने तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव पदमा रही तामाङ समुदायमा सक्रियता देखाइसकेका छन् । उनी उत्तर अमेरिकी तामाङ सम्मेलन आयोजक तदर्थ समितिमा सदस्य सचिवको रुपमा रही सम्मेलनमा सफल बनाउन दिलोज्यान दिएर लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *