२०८१ वैशाख १४ गते | 26th of April 2024

अन्तराष्ट्रिय नेपाली कलाकार समाज, केन्टकी च्याप्टर गठन

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २८ गते १५:२८

केन्टकी । ‘कला र कलाकारको सारथी’ को मुल नाराका साथ अन्तराष्ट्रिय नेपालएे कलाकार समाज, केन्टकी च्याप्टरको गठन भएको छ । गत पौष १५, २०७४-(December 30th 2017),गते शनिवारका दिन केन्टकीको लेक्जिन्टनमा अन्तराष्ट्रीय नेपाली कलाकार समाज (अनेकस-इनास)को केन्टकी च्याप्टरको उद्घाटन सम्पन्न भएको छ ।

इनास केन्टकी च्याप्टरका पदाधिकारीहरु नाम तथा पद-:
1. गोपाल नेपाल ( फिस्टे) = अध्यक्ष
2. मुरारी गुरागाँई = उपाध्यक्ष
3. अर्जुन थापा = सचिब
4. प्रतिभा सुबेदी = सह- सचिब
5. बिष्णु डुम्रे = कोषाध्यक्ष
6. सरोज अधिकारी = सह-कोषाध्यक्ष
7. जयप्रकाश रिजाल = कार्यकारी सदस्य
8. रस्मि खरेल = कार्यकारी सदस्य
9. प्रबिन खनिया = कार्यकारी सदस्य
10. प्रनिम राई = कार्यकारी सदस्य
11. सनातन रेग्मी = कार्यकारी सदस्य
12. मन्जु रसाइली = कार्यकारी सदस्य
13. शुशिला के. सी.= कार्यकारी सदस्य
14. हिमलाल कुँवर = कार्यकारी सदस्य
15. चन्द्र अधिकारी = कार्यकारी सदस्य

सल्लाकारहरु :
कृष्ण मुरारी ढुंगेल
भानु ज्ञावली
पुरुषोतम बोहोरा
कन्चन कार्की
प्रकाश शर्मा
बासुदेब रिजाल
बिष्णु भण्डारी
प्रदिप कुमार बिष्ट

प्राबिधिक :
बिबेक ढकाल
पदम भण्डारी

फोटोग्राफर :
कृष्ण पराजुली

व्यवस्थापक :
अमृत कार्की
समिर श्रेष्ठ

साथै उक्त दिन अंड़ग्रेजी नयाँ बर्ष २०१७ लाई बिदाई र २०१८ लाई स्वागत गर्दै बिभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको थियो । कार्यक्रममा ८५ बर्षिय ज्येष्ठ नागरिक बृद्द आमा श्रीमती गोमादेवी कुमालले कलाकार समाजको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एनआरएन केन्टकी च्याप्टरका अध्यक्ष दिलु पराजुली, लायन्स क्लब केन्टकीका अध्यक्ष मुक्तीमदन श्रेष्ठ, नेपाली समाज – केन्टकीका अध्यक्ष मोहन डुम्रे, नेपाली फोरम – अमेरिकाका अध्यक्ष प्रकाश पाण्डेद्वारा कलाकार समाजलाई बधाई तथा उपस्थित सम्पूर्ण महानुभावहरुलाई नयाँ अड़ग्रेजी बर्ष २०१८ को शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको सुरूवात समाजका कार्यकारी सदस्य जयप्रकाश रिजालबाट भएको थियो भने स्वागत मन्तब्य कलाकार समाजका सचिब श्री अर्जुन थापाले गर्नुभएको थियो ।

त्यसैगरी इनासबारे परिचय कलाकार समाजका सल्लाहकार प्रदिप कुमार बिष्ट र इनासलाइ के कसरी अगाडि बडाउन सकिन्छ भन्ने कुरा अर्का सल्लाहकार प्रकाश शर्माले प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रमको औपचारिक कार्यक्रम लाई समापन गर्दै अन्तराष्ट्रीय नेपाली कलाकार समाज (अनेकस-इनास) का नव-निर्वाचित अध्यक्ष तथा राष्ट्रीय स्तरका हास्यविदाका सु-प्रसिद्ध कलाकार गोपाल नेपाल (फिस्टे)ले उद्घाटन समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण अन्तराष्ट्रीय तथा स्थानिय संघ संस्थाहरुलगायत र अन्य उपस्थित महानुभावहरुलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न कलाकारहरुले आ- आफ्नो प्रस्तुती दिएर साँस्कृतिक कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरूलाई मनोरन्जन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *