२०८१ वैशाख १२ गते | 24th of April 2024

उपचाररत केपी ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३० गते १६:२३

काठमाडौँ  – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी दिए ।

‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’ दाहालले भने–‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी स्वास्थ्य परीक्षण गराउन बैंकक गएका हुन् ।

उनी यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक गएका हुन् । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *