२०८१ वैशाख ७ गते | 19th of April 2024

मधेसी एसोशियसन अमेरिकाद्दारा बिभिन्न स्थानमा कम्बल वितरण – फोटो फिचर

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १ गते ०:२३

सर्लाही । मधेशी एसोशियसन अफ अमेरिकाले जाडोको समस्याबाट थोरै भने पनि राह मिलोस भन्ने हेतुले सर्लाही जिल्लामा ब्ल्यान्केट(कम्बल) वितरण गरेको छ ।

अत्यधिक जाडो र शितलहरले जनजिविकामा अफ्ठ्यारो पार्ने समयमा पहिलो चरणको कम्बल वितरण सर्लाही जिल्लाको पिपरियामा शुरु गरिएको जनाईएको छ ।

बांसले बारेर झुप्रोमा जीवन जिउन वाध्य अति बिपन्न परिवारलाई लक्षित गरेर पहिलो चरणको कम्बल वितरणको शुरुवात गरिएको संस्थाले जनाएको छ ।

संस्थाको प्रतिनिधिका रुपमा नेपालमा प्रमोदकुमार यादवले कम्बल बितरण कार्यक्रमको संयोजन गरेका छन । 

यसैगरी धनुषा जिल्लाको सिन्जुरा, जमुनियन लगायतका स्थानमा पनि कम्बल वितरण कार्य सम्पन्न गरिएको कुरा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा मधेशी एसोशियसन अफ अमेरिकाका अध्यक्ष सुनिल शाहले जनाउनुभएको छ । 

सप्तरी जिल्लाका बिभिन्न भागमा पनि उक्त कार्यक्रम सफल भएको र निरन्तर सहयोग जारी रहने शाहले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *