२०८१ वैशाख १४ गते | 26th of April 2024

उत्तर अमेरिका तामाङ सोसाईटीको पहिलो ऐतिहासीक सम्मेलन सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १ गते २३:३२

न्यूयोर्क – न्यूयोर्कमा शनिबारदेखि शुरु भएको उतर अमेरिका तामाङ सम्मेलन पन्ध्र सदस्यिय कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको छ ।

तामाङ समाज उत्तर अमेरिकाको प्रथम अधिबेशनबाट अध्यक्षमा लक्यान लामा र महासचिवमा लसएन्जलस निवासी डोल्मा घिसिंङ लामा निर्विरोध रुपमा चयन हुनु भएकाे छ । अन्य पदाधिकारीमा क्यालिफोर्निया सन्फ्रान्सिस्को बाट बरिष्ठ उपाध्यक्ष शेर थोकर, चार जना क्षेत्रिय उपाध्यक्षहरुमा लसएन्जल्सबाट टेक लामा वाईबा, सिकागोबाट सिर्जना घ्लान तामाङ, न्युयोर्कबाट मोहन वाईबा, महासचिवमा डोल्मा घिसिङ, सचिवमा न्युयोर्कका प्रेम स्याङदेन, कोषाध्यक्षमा नाम्गेल लामा, सहकोषाध्यक्ष उमा तामाङ, सदस्यहरुमा पेन्सनभेनियाबाट मथु लामा, टेक्सासबाट शंकर वाईबा र सुर्य मोक्तान, मिनेष्वटाबाट डिम्पल योन्जन, सन्फ्रान्सिस्कोबाट सदस्य गोभिन लोप्चन र मिडिया कोओर्डिनेटरमा निङमा लामा गरि ज़म्मा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

यसअघि शनिवार सम्पन्न उदघाटन कार्यक्रममा नेपाल सरकारका महाबाणिज्यदुत मधुकुमार मरासैनी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाइबा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेदका अध्यक्ष राम लामा, जापानका लागि पूर्व नेपाली राजदूत डा. गाणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, टिएसएका पूर्व अध्यक्ष भरत मोक्तान, टिएसएका पूर्व अध्यक्ष तथा तामाङ कल्चर बुद्धिष्ट सेन्टरका संयोजक इन्द्र तामाङ लगायतले अर्थपुर्ण सहभागिता जनाएका थिए ।

सम्मेलनमा नेपालबाट अमेरिका आउनुभएका जापानका लागि नेपाली पूर्व राजदूत डा. गणेश योञ्जन तामाङ, भाषाविद् अमृत योञ्जन तामाङ, मिङमार तामाङ लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस सम्मेलनको मुल नारा “Moving Forward Together to Building a Stronger Community” भन्ने रहेको थियो ।

सम्मेलनमा निर्वाचन कमिटीको संयोजक नेत्र घिसीङ ले महत्वपुर्ण भुमिका निर्वाह गर्दै सहमतिमै कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष लाक्यान लामाले संस्थालाई नयाँ ढंगले अघि बढाउने प्रतिक्रिया दिनुभयाे । कन्भेनर शान्त थाेकरले यही कार्यकालभित्र ग्लाेबल कन्भेनसनकाे अबधारणा राख्नुभएको थियेा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *