२०८१ वैशाख ८ गते | 20th of April 2024

के होला काँग्रेस केन्द्रीय समितिको बैठकमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २ गते १७:००

काठमान्डौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव सकिएको करिव ४० दिन पछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
काँग्रेस केन्द्रीय सदस्यहरले पटक–पटक केन्द्रीय समिति बैठक बोलाउन माग गरिररहेका बेला सभापति देउवाले बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा लज्जास्पद हार व्यहोरेपछि पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । केन्द्रीय समिति बैठकमा चुनावी सामीक्षाबारे चर्को कुरा उठ्ने देखिएको छ । चुनावमा नराम्रो संग पराजय भोगे पछि नेतृत्व संग रुष्ट रहेको नेताहरु सभापति देउवा माथी खनिने अकालन गरिएको छ । बैठकमा दुई धारका नेताहरु बिच टकराव देखिने निश्चित जस्तै छ ।

पार्टी भित्र केहि नेताहरुले सभापति देउवाको राजीनामा समेत माग गर्दै आएका छन् भने केहि नेताहरु सभापतिको बचाऊ गर्दैछन । केन्द्रीय समितिको बैठक पश्चात महासमिति बैठक बस्ने नबस्ने पनि सोहि बैठकले तय गर्नेछ । बैठकले पार्टीको अगामी राजनितिक यात्राको थालानी गर्ने विश्वास कांग्रेस नेताहरु लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *