२०८१ वैशाख ८ गते | 20th of April 2024

अंगप्रदर्शनको मनोविज्ञान

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ३ गते ९:४३

आदिम युगमा मानिसहरु नांगै हिँड्थे । अंग देखाउनु उनीहरुको बाध्यता थियो । कारण त्यति बेला मानिसले लुगा लगाउन जानेका थिएनन्, अर्थात् लुगाको आविष्कार भएको थिएन । तर आज समय फरक भएको छ । आज मानिसहरु थरि–थरिकाले अंग प्रदर्शन गर्दै हिँड्छन्, कारण आजका मानिसले लुगा लगाउन जानेका छन् । नेपाली समाजमा कुनै बेला नारीले खुट्टाको कुर्कुचा समेत देखाउनु हुँदैन भन्ने गरिन्थ्यो । तर, अब त्यो समय रहेन । नाइटो देखाउनु त अब सामान्य कुरो भएको छ ।
सुन्दर शब्दमा भन्ने हो भने, शरीरका संवेदनशील अंगहरु आकर्षक तरिकाले देखाएर अरुलाई मोहित पार्नु अंग प्रदर्शन हो । आजको आधुनिक समयमा युवा–युवती देखी लिएर बालक, बुढा–बुढी समेत अंग प्रदर्शन गर्नमा लालायित देखिन्छन् ।

आखिर किन गरिन्छ त अंगप्रदर्शन ?
तपाइँ अंगप्रदर्शन किन गर्नुहुन्छ ? यदि यो प्रश्नकुनै नायिकलाई सोध्ने हो भने जवाफ आउँछ– कथाले मागेर ।
यदि यही प्रश्न तपाइँलाई गर्ने हो भने तपाइँ के भन्नुहुन्छ ? के हो त अंगप्रदर्शनको रहस्य ?

Image result for showing sexy body

सुन्दर हुने सबैको चाहना हुन्छ । शरीरका खास अंगलाई उपयुक्त तरिकाले प्रदर्शन गर्दा शरीरको सुन्दरता अझ बढ्छ । नारीको नाइटो, स्तन, हिप, तीघ्रा तथा पुरुषको छाती, पाखुरा आदिअंगको प्रदर्शनले व्यक्तिको सुन्दरतालाई बढाइरहेको हुन्छ । मानिसको पहिलो आकर्षण भनेको सुन्दरता हो । नारी जातीको लागित सुन्दरता, उनीहरुको सम्पत्ति नै मानिन्छ । त्यसैले नारीहरु आफूलाई सुन्दर, आकर्षक राख्न सधैँ प्रयत्नशील हुन्छन् । अझ यौवन अवस्थामा पुगेका केटीहरुको विशेष चासो नै केटाप्रति हुन्छ । उनीहरुले आफूलाई हेरे कि हेरेनन् । मन पराए कि पराएनन् भन्ने चिन्ताले उनीहरुलाई सताइ रहन्छ । केटालाई आफूतिर आकर्षित गर्न आफ्नो पहिरनमा ध्यान दिने तथा अंगप्रदर्शनमा रुची राख्ने गर्दछन् ।

Image result for showing sexy body

अंग प्रदर्शनको पछाडि यौन संकेत पनि पाउन सकिन्छ । आफ्नो यौन साथीलाई आफूतिर आकर्षित गर्न पनि अंगप्रदर्शन गर्न सकिन्छ । अंग प्रदर्शनको माध्यमबाट केही मात्रामा भएपनि यौन सन्तुष्टि मिल्ने कुरालाई नकार्न सकिँदैन । नत्र फेसन च्यानल प्रति दर्शकको क्रेज पढ्ने थिएन । मनोवैज्ञानिक फ्रायनले त मानिसका सम्पूर्ण क्रियाकलापलाई नै यौनसँग जोडेर हेरेका छन् ।

अंग प्रदर्शन आधुनिक समयको देन हो । आधुनिकता सँगै अंग प्रदर्शनमा पनि विविधता आइरहेको छ । सूचनातथा सञ्चारका माध्यमहरुको प्रभावले अंगप्रदर्शन विश्व व्यापी भएको छ । आधुनिक, विकसित पाश्चात्य मुलुकहरुमा त अंग प्रदर्शन झनै खुलेर गरिन्छ ।

Image result for showing sexy body

अंग प्रदर्शनमा व्यक्तिको आधुनिक र परिवर्तनशील बन्ने उन्माद पनि देखिन्छ । परम्परागत, बानी, व्यहोरा त्यागेर, आधुनिक, विकसित देशका मानिसको अनुशरण गर्दै आफू पनि उनीहरु जस्तै बन्न खोज्ने प्रयासमा पनि अंगप्रदर्शन, आफ्नो असक्षमता, कमजोरी आदिको पूर्ति गर्ने प्रयासमा पनि हुने गर्छ । यदि शारीरिक रुपमा असुन्दर नारीले पनि अंगप्रदर्शन गर्दै हिँड्छे भन्ने यसको अर्थ हुन्छ कि ऊ आफ्नो शारीरिक असुन्दरतालाई अंगप्रदर्शनको माध्यमद्वारा पूर्ति गर्न चाहन्छे । त्यस्तै मानसिक योग्यताले अरुलाई आफूतिर आकर्षित गर्न नसक्दा वा आफ्नो व्यक्तित्वको विकास गर्न नसक्दा अंगप्रदर्शनको सहारा लिने गरिएको पाइन्छ ।Image result for showing sexy body

यसरी अंग प्रदर्शनको पछाडि जे–जस्ता मनोवैज्ञानिक कारण भए पनि अंगप्रदर्शन गर्दा समाज, संस्कृति, परम्परा, रीतिरिवाजलाई पनिख्याल राख्नुपर्छ । आफूलाई नसुहाउने ज्यादै भड्किलो पहिरनले अरुलाई आकर्षित गर्न सक्दैन । मौसम अनुसारको आफूलाई सुहाउने लुगा लगाएर आफूलाई सजाउनु पनि एउटा कला हो । सिर्जनशीलत हो । क्षमताको कुरा हो । आकर्षक तरिकाले सुहाउने र समाजले पचाउने गरी गरिएको अंगप्रदर्शनलाई नराम्रो मानिँदैन । कुनै नारी आफूलाई सजाएर सुगन्ध छर्दै हिँड्छे भने उसलाई हेरेर नटोलाउने को होला? मेनुकाको सुन्दरताले विश्वमित्रको तपस्या त भंगग¥यो भने …… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *