२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन क्यालिफोर्निया च्याप्टरको पदस्थापन तथा हस्तान्तरण कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ४ गते ११:४८

लस एन्जलस – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको क्यालिफोर्निया च्याप्टरले बिगत छ महिना अघि सम्पन्न निर्वाचनमा विजयी पदाधिकारीहरुलाई पदस्थापन तथा हस्तान्तरण र निवर्तमान समितिलाई बिदाई कार्यक्रमको आयोजना गर्दैछ ।

२० जनवरी २०१८, शनिवारका दिने सम्पन्न हुने पदस्थापन, जिम्मेवारी हस्तातरण र बिदाई कार्यक्रम आर्टेसियास्थित तारा हिमालयन कुजिनमा हुने कुरा च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले जनाएका छन । ‘शनिवार पुरानो कार्यसमितिका साथीहरूलाई बिदाई, निर्वाचितहरुलाई स्वागत, शपथ र पदस्थापनका साथै एनआरएन अमेरिकाको हेल्प डेस्क लगायतका विषयहरूमा छलफल गरिने कार्यक्रम रहेको छ,’ च्याप्टर अध्यक्ष पाण्डेले बताए ।

एनआरएन अमेरिका र अमेरिकाभरका च्याप्टर र तिनका प्रतिनिधिहरूलाई निमन्त्रणा गरी सकिएको र साथै क्यालिफोर्निया स्थित सम्पूर्ण स्थानिय संघ-सस्थाहरुलाई आमन्त्रण गरिसकीईएको पाण्डेले बताए । क्यालिफोर्निया च्याप्टरले १ बर्ष भित्र सम्पन्न गर्ने कार्ययोजना, डलर अभियान तथा आपतकालिन कोशको बारेमा योजनाहरु प्रस्तुत गरिने पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *