1

मनोज गजुरेल : बिना मिना, कैसे जिना ?

886 पटक पढिएको

⊗काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल र पत्नि मिना गजुरेलको सम्बन्ध विच्छेदको भएको छ । मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई सम्बन्ध विच्छेद गरी टुङ्गयाएका छन् ।

विशेष स्रोतका अनुसार, मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । त्यस्तै, सम्बन्ध विच्छेदबारे हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो ।

त्यसैगरी, दुवैले सम्बन्ध विच्छेदको कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग नै बस्दै आइरहेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

त्यस्तै पति मनोजसँग सम्बन्ध विच्छेद गरे पछि मिना बुटिक सञ्चालन गर्ने तयारीमा लागेकि छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् ।

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले वि।सं। २०५३ सालमा पहिलो पटक भेट भएको थियो । त्यस पछि केही समय प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया

काठमान्डौं - सुपरहिट सिरिज ‘नाईं नभन्नू ल’ बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट.. ...

 डालास - गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु.. ...

टेक्सास - मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...