२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल आईडल मेगा कन्सर्ट : लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ६ गते ०:२८

लसएन्जलस – नेपाल आइडलका बहुचर्चित अनुहारहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पहिलोपटक अमेरिकामा आ-आफ्ना धमकेदार सांगितिक कोशेली लिएर रोमान्चक प्रस्तुती लिएर फेब्रुवरी महिनाको ११ तारिखका दिन लसएन्जलस आउने भएका छन् । नेपाली अमेरिकन समुदायका सकृय अगुवाहरु तारा गुरुङ, टेक वाइवा लामा र वीरवल बुढाथोकीको संयोजनमा आयोजना गरिने गीत, संगीत र नृत्य सहितको बृहद सांस्कृतिक कार्यकममा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।

तमाङ्ग समाज, अमेरिकाका नव-निर्वाचित उपाध्यक्ष टेक वाइवा लामाका अनुसार नेपाल आइडलका बहुचर्चित अनुहारहरु मध्यका निशान भट्टराई, प्रताप दाश र बुद्ध लामाले उत्कृष्ट र बहुचर्चित २० अलग अलग नेपाली गीतहरुका अतिरिक्त युवा मनका सांगीतिक आवाजहरु समेत पस्किने छन् । निकट भविष्यमा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका तरुण तन्नेरीहरुको प्रतिभा उजागर गर्न नेपाली अमेरिकन आइडल समेत आयोजना गर्ने लक्ष राखिएको आयोजकले जानकारी दिएका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका तरुण तन्नेरीहरुको सांगीतिक प्रतिभा मार्फत नेपाली गीत संगीतको जगेर्ना गर्ने उद्धेश्यले आयोजित नेपाल आइडलका सांगीतिक कोशेलीहरुले लसएन्जलसका तरुण तन्नेरिहरुलई भरपुर मनोरंजन गराउने उद्धेश्य अनुरुप आयोजित बृहद सांस्कृतिक कार्यकम स्थानिय नर्वाल्क सिटीको सनातन हिन्दु मन्दिरमा आयोजना हुनेछ ।

आयोजकले सवैको सहजतालाई ध्यानमा राखेर कार्यक्रम प्रवेशको लागि अनलाइन मार्फत खरिद गर्दा ४० डलर र प्रत्यक्ष टिकट खरिद गर्दा ५० डलर कायम गरिएको छ । यस अघि कार्यक्रमलाई सहज र ब्यबस्थित गर्नको लागि लसएन्जलसस्थित समुदाय केन्द्रित अन्तर्क्रिया समेत आयोजन गरिएको थियो । आयोजक नेपाली अमेरिकनका अगुवाहरु तारा गुरुङ, टेक वाइवा लामा र वीरवल बुढाथोकीले समुदायका सवैलाई कार्यक्रम सफल बनाउन सहयोगको आग्रह गर्दै मेगा कन्सर्टको आनन्द लिन सहभागिताको लागि अनुरोध गरेका छन् ।

कार्यक्रमको पूर्ण विवरण:

मिति: ११ फेब्रुवरी, २०१८
स्थान: 15311 Pioneer Blvd, Norwalk, CA 90650
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति:
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक वाइवा लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *