२०८१ वैशाख १३ गते | 25th of April 2024

सानफ्रान्सिस्कोमा पनि शुरु भयो सामुदायिक भवन प्रकृया (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ६ गते २०:०४

सागर श्रेष्ठ /सान्-फ्रान्सिस्को – अमेरिकी प्रवासी नेपाली समुदायमा सामुदायिक केन्द्र स्थापनाको लहर चलिरहेको बेलामा पछील्लो समयमा बढ्दो नेपाली जनघनत्व रहेको सान्-फ्रान्सिस्कोमा पनि सामुदायिक केन्द्र स्थापनाका लागि जग्गा खरिद प्रकृया शुरु भएको छ ।

नर्दर्न क्यालिफोर्निया – सान-फ्रान्सिसिकोको एल सब्रान्ते नगरमा अवस्थित करिब सात रोपनी जग्गा तीन लाख पचास हजार डलर ($३,५०,०००।००) नगदमा नेपाली सामुदायिक केन्द्र (NCC) को अगुवाईमा खरिद गरिने प्रकृया पुरा भएको एनसिसीका संयोजक उत्तम कार्कीले जनाउनुभएको छ । नेपालीज कम्म्युनिटी सेन्टर (NCC) को अगुवाईमा अब भवन निर्माण प्रकृया अघि बढाईने संयोजक कार्कीले बताउनुभयो । 

सान्-फ्रान्सिस्कोमा सकृय पुरानो संस्था न्यान्स लगायतका संस्थाहरुका पदाधिकारीहरुको उपस्थितिमा किनिने भएको जगामा हिजो उपस्थित सामुदायिक सदस्यहरुको हातेमालोले यो क्षेत्रको नेपाली समुदायमा खुशीको लहर ल्याएको बताउनुहुन्छ, एनआरएन आईसीसी सदस्य डिल्ली भट्टराई । 

नामका लागि खिचातानी ?
प्रायश: नेपाली समुदायमा सम्पन्न हुने सामुदायिक कार्यहरुको ‘जस कसले लिने’ भन्ने खिचातानीको खेल हुन्छ । यो रोग सर्वत्र ब्याप्त छ, चाहे त्यो जतिसुकै ‘क्लिन’ भनिएको संस्था नै किन नहोस् । ‘जस लिने र जन नदिने रोगले’ नेपाली संस्थाहरुप्रतिको चार्म (चाह या शौख) न्युन हुंदै गईरहेको छ । 

सान-फ्रान्सिस्कोमा धेरै पहिले शुरु भएको ‘सामुदायिक भवन निर्माण’ को हल्लाले जग्गा खरिद गरिसकेको अवस्थासम्म आईपुग्दा ‘खरिद गरिको लालपुर्जा’ मा कुन-कुन संस्थाहरुको नाम राखिने भन्ने विवाद शुरु भईसकेको छ । त्यसो त, जुन उदेश्यले संस्ठा स्थापना भएपनी सोचेनुरुप सबै संस्थाहरु समाजमा सकृय रहन्नन । अनर्थ नलागोस, यस्तै ‘जस लिने कामको बेला’ मा मात्र सकृय नभएका कतिपय संस्थाले भाउ खोज्छन । यसो त, पारी बसेर छिमेकी संस्थामाथी नराम्रो भन्न खोज्न होईन कि निर्माणको अभियानमा सबै संस्था एक हुन्नुपर्दछ भने आशय मात्र हो । 

अमेरिकाका बिभिन्न राज्यहरुमा मन्दिर, स्तुपा र सामुदायिक केन्द्रहरु स्थापना सफलतम तवरले सम्पन्न भईरहेका बेला ठुलो जनघनत्व रहेको विश्वको प्रख्यात पर्यटकीय केन्द्र सान्-फ्रान्सिस्कोको यो अभियानमा जस अपजसको राजनैतीक लेपन नलागोस ।

https://www.facebook.com/gulf.dcnepal/videos/1474299009356377/

तस्विर : उत्तम कार्की
भिडियो : सर्वज्ञ वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *