२०८१ वैशाख ६ गते | 18th of April 2024

अमेरिकामा कार दुर्घटनामा नुवाकोटका युवाको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ७ गते ३:४५

नर्थक्यारोलाइना (अमेरिका) – विगत सात वर्षदेखि अमेरिकामा बस्दै आएका एक नेपाली युवाको शुक्रबार राति सवारी दुर्घटनामा निधन भएको छ ।

नुवाकोटको खरानीटार घर भएका रूपेश उप्रेतीको बिहीबार राति नर्थ क्यारोलाइनामा कार दुर्घटनामा निधन भएको नुवाकोट अमेरिका समाजका अध्यक्ष पुरूषोत्तम बोहोराले जानकारी दिए ।

नर्थक्यारोलाइनाको र्याले शहरमा बस्दै अाएका उप्रेती रेस्टुरामा काम गर्थे । अमेरिका अाएपछि केही वर्ष केन्टकी राज्यमा बसेका उप्रेती पछि नर्थ क्यारोलाइना सरेका थिए ।

बिहीबार राति काम सकेर घुम्न निस्कदा सँगै काम गर्न एक हिस्पानिक मुलका व्यक्तिले कार चलाएका थिए । स्थानीय अनलाइन डब्ल्यूअारएएलका अनुसार इन्टरस्टेट फोर्टीमा सो दुर्घटना भएको थियो ।

रातिको समयमा वान-वेमा उनीहरूको होण्डा सिभिक कारलाइ विपरित दिशाबाट अाएको पिकअप ट्रकले ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि ड्राइभर साइडमा रहेका दुबैजना बाँचेको भएपनि अर्कोतर्फ बसेकामध्य एकजनाको घटनास्थलमै र अर्का एकजनाको पछि निधन भएको थियो । पिकअपका चालक पनि गंभीर घाइते भएका छन् ।

टेक्ससमा रहेका मृतक उप्रेतीका निकट डा. भीम उप्रेतीका अनुसार उनको उमेर झण्डै २७/२८ वर्षको थियो । नेपालमा उनका पिता, माता र एक भाइ र एक दाजु छन् ।

उप्रेतीको शवलाइ अहिले स्थानीय वेक मेडिकल ट्रमा अस्पतालमा राखिएको छ । अविबाहित उनको शवलाइ के गर्ने भन्ने बारेमा छलफल भैरहेको बोहोराले जानकारी दिए । यो विषयमा छलफल गर्न नुवाकोट समाज अमेरिकाको अाकस्मिक कन्फरेन्स बैठक शनिबार साँझ अमेरिकाको पुर्बी समय अनुसार बस्न लागेको छ ।

नुवाकोट अमेरिका समाजले उप्रेतीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै सहयोगका लागि अमेरिकामा रहेका नेपाली समुदायसँग अपिल गरेको छ । अध्यक्ष बोहोराले परिवारका सदस्यहरूसँग सल्लाह गरेर शबलाइ के गर्ने भन्ने बारेमा निर्क्याैल गर्ने बताए ।

-HimalayaKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *