२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकाको डालसमा लुटेराको गोली प्रहारबाट गोरखाका मनिष पाण्डेको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ७ गते १८:२१

अमेरिका –  टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागी एक नेपालीको निधन भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखा घर भएका ३५ वर्षिय मनिष पाण्डेको निधन भएको हो ।

उक्त ग्याँस स्टेशनका मालिक पनि मृतकका आफन्त कृष्ण पन्त नेपाली नै हुन् । ग्याँस स्टेसनमा कार्यरत मृतक पाण्डेकी श्रीमति केहि समय अघि मात्रै नेपालबाट आएको बताइएको छ । पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।

गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि नेपालीको हत्या भएको हो । स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन । राति १२ बजे स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँडे ११ बजे सो घटना भएको हो । पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ ।

लुटपाटको क्रममा लुटेराहरुसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरुको सुझाएका छन । अमेरिकामा प्रत्येक बर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागी ठुलो सख्यामा मानिसहरुको मृत्यू हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेसनमा हत्या हुने नेपालीको सख्या दिनानु दिन बढ्दो छ ।

http://cbsloc.al/2mYXiNM

Leave a Reply

Your email address will not be published. Required fields are marked *