२०८१ वैशाख ११ गते | 23rd of April 2024

एनआरएनए, क्यालिफोर्निया च्याप्टरका पदाधिकारीहरुद्वारा शपथग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ८ गते ९:०४

क्यालिफोर्निया – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको क्यालिफोर्निया च्याप्टरका निर्वाचित पदाधिकारीको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिवार लस एन्जलसमा सम्पन्न भएको छ ।

साँझ आयाेजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्णचन्द्र बानियाँले नव निर्वाचित अध्यक्ष रामबाबु पाण्डेलाई माइन्युट दिँदै पद हस्तान्तरण गरे । यसैगरी एनआरएनए अमेरिका बिरिस्ठ उपाध्यक्ष सुनिल साहले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। महाबाणिज्यदूत ऋषि ढकाल, पर्यटनदूत रामेश्वर भण्डारी, आर्टेसिया शहरका प्लानिंग कमिशनर भक्त थापा र नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रीय सदस्य गोकुल ढकालले नयाँ नेतृत्वलाई सफलताकाे शुभ कामना दिएका थिए ।

यस्तै एनआरएनए क्षेत्रीय महिला संयोजक संगीता लम्साल शिवाकोटी, आइसीसी सदस्यहरू बलराम थापा र डिल्ली भट्टराई, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साह , पश्चिम क्षेत्रीय उपाध्यक्ष तथा हेल्प-डेस्क संयोजक उमा कार्की थापा, महिला संयोजक इन्दिरा त्रिपाठी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

“एक व्यक्ति, एक डलर, आफ्नै लागि” भन्ने नाराका सात चुनावमा उठेका च्याप्टर अध्यक्ष पाण्डेले यस अभियानमा धेरै व्यक्तिबाट सहयोग र समर्थन प्राप्त भएको जानकारी गराए ।

डी.एम.भी.मा नेपाली भाषामा परीक्षा दिने व्यवस्थाको लागि पेटिशनमा हस्ताक्षर गर्ने अभियान चलिरहेको हुँदा सबैलाई हस्ताक्षर गर्न अनुरोध गरिएको थियो । एनआरएन पदाधिकारीहरूको लामो र पट्यारलाग्दो भाषणकाबीच सुरज श्रेष्ठ लगायतका स्थानीय कलाकारहरूको नृत्यले भने मनोरञ्जन प्रदान गरेको थियो ।

Source : DurbinNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *