२०८१ वैशाख १३ गते | 25th of April 2024

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ८ गते १७:४७

विजय थापा – बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक भवनमा प्रवेश गरेको छ l बानाले आफ्नो सामुदायिक भवनको औपचारिक उदघाटन कार्यक्रमको आयोजना गर्दै भव्यताको साथ सम्पन्न गरेको छ l

बानाले हालै भवन खरिद गरेको थियो भने विधिवत रुपमा सर्न पूजा आराधना सम्पन्न गरेको छ l उक्त उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लगायतहरुका पदाधिकारी समेत पूजामा सरिक भएका थिए l
उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) प्रमुख अतिथि रहेका थिए भने उक्त कार्यक्रममा बाल्टिमोर शहरका बिभिन्न बिदेशी अतिथिहरु रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर ,सभासद ,अन्य स्थानीय बिदेशीहरुको साथै महा बाणिज्य दुत प्रेम राजा महत लगायत को सहभागिता रहेको थियोl अतिथिहरुको साथै अन्य स्थानीय संघ/संस्थाका प्रतिनिधिहरुले पनि मन्तब्य राखेका थिए l
बाल्टिमोरमा सन् १९९६ देखि नै नेपाली समुदायको जन घनत्व वृद्धि संगै एउटा सामुदायिक भवन बनाउने बिषयमा कुरा चर्चा परिचर्चा भएको थियो l तत्कालिन समयमा बाल्टिमोरका समाजका अगुवा तथा समाजसेवीहरु गणेश मलेगु ,वर्तमान महा बाणिज्य दुत प्रेम राजा महत लगायत ले बाल्टिमोरमा संस्था हुनु पर्ने कुरामा जोड दिएका थिए l

तर अन्तत्वगत्वा डिसी महानगर क्षेत्रमा सकृय रहेको नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था बाना सन २००४ मा स्थापना भएको हो l सन् २०११-२०१३ को समितिका पदाधिकारीहरुले सामुदायिक भवनको परिकल्पना गरेका थिए l तत्कलिन अध्यक्ष विजय श्रेष्ठले आफू अध्यक्ष भए पछि केही महिना भित्र पण्डित दिनबन्धु पोख्रेल लाई बोलाई महा पुराण लगाई कोष वृद्धि गरि सामुदायिक भवनको सुरुवात गरेका थिएl
उक्त समयमा महा सचिवका उम्मेदवार तथा वर्तमान प्रवासी नेपाली मंचका केन्द्रिय अध्यक्षले उम्मेदवार हुँदा सामुदायिक भवन चाहिन्छ भनि जोड दिएका थिए l

पूर्व अध्यक्ष कुलमणि आचार्य को कार्यकाल सन् २०१५-२०१७ मा सामुदायिक भवन सम्बन्धि धेरै काम भएको थियो l कार्यक्रममा प्रवासी नेपाली मंच का केन्द्रिय अध्यक्ष प्रभु थापा, नासो कम्युनिटीका केन्द्रिय अध्यक्ष गोपाल बिश्वकर्मा ,एनआरएनए का संस्थापक केन्द्रिय उपाध्यक्ष डा श्याम कार्की, एनआरएन आईसिसी सदस्य राजन त्रिपाठी एनआरएनएका उपाध्यक्ष जेदु पोख्रेल लगायत बाल्टिमोर तथा डिसी महानगर क्षेत्रका अन्य संघ/संस्थाका पदाधिकारिहरु लगायतको उपस्थिति रहेको थियो l
कार्यकममा स्वागत मन्तब्य बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने पूर्व अध्यक्ष कुलमणि आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए l कार्यक्रम संचालन महा सचिब हिरा गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले गरेका थिए l वर्तमान महिला अध्यक्ष अनु श्रेष्ठ वन्त ले बानामा आफ्नो उम्मेदवारीको घोषणा मै सामुदायिक भवन पुरा गर्ने प्रतिबद्धता गरेकी थिइन् l अध्यक्ष भए पछि पनि भवनमा सर्ने दृढ संकल्प गरि अहोरात्र खटेर आफ्नै भवनमा सर्ने बनाई दिएकी छिन् l

बानाको यस सामुदायिक भवनको शुभारम्भ संगै अब बैठक ,कार्यक्रम तथा अन्य कार्यक्रम गर्न सहज हुने महसुस गरिएको छ l अमेरिकामा रहेका विभिन्न संघ/संस्थाले निर्माण गरेका सामुदायिक भवनमा मन्दिर जोडिने हुन्छ भने बानाले केवल सामुदायिक भवनको रुपमा मात्र प्रयोग गर्ने छ l बाना सामुदायिक भवन निर्माण गर्न बाहिर बाट पनि सहयोग जुटेको छl सामुदायिक भवनमा दुई तला छन् ।
तस्बिर :राजिव श्रेष्ठ

अध्यक्ष वन्तद्दारा धन्यवाद 

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) ले आफ्नो सामुदायिक भवनको औपचारिक उदघाटन कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।

उदघाटन कार्यक्रममा सहभागिता जनाउनुहुने अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, स्थानीय अतिथि रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर, सभासद, महाबाणिज्य दुत प्रेम राजा महत, पुर्ब अध्यक्षहरु विजय श्रेष्ठ, कुलमणि आचार्य, रविना थापा, कृष घिमिरे, प्रवासी नेपाली मंचका केन्द्रिय अध्यक्ष प्रभु थापा, नासो कम्युनिटीका केन्द्रिय अध्यक्ष गोपाल बिश्वकर्मा ,एनआरएनएका संस्थापक केन्द्रिय उपाध्यक्ष डा.श्याम कार्की, समाजसेवी गणेश मलेगु, एनआरएन बाल्टिमोर च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, अमेरिकाको मेरिल्याण्ड राज्यको विधान सभामा उमेदवारी दिनु भएका हयारी भण्डारी, ANS का बिष्णु घिमिरे, NRNA ICC का राजन त्रिपाठी लगाएत सबैलाई धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

साथै भवन खरिद देखि आजसम्म अहोरात्र खट्नुहुने कुलमणी आचार्य, मंगल महर्जन, विजय श्रेष्ठ, राजन कत्तेल,गोपाल बिश्वकर्मा लगायतलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । यो सफलताको लागि निरन्तर साथ दिनुहुने बानाको कार्य समितीलाई त झन बिषेश धन्यबाद दिन चाहन्छु जस्को सहभागिता बिना यो अभियान सोच्न पनी सकिदैन ।

कार्यक्रम स्थल वा भनौ हाम्रो बानाको भवनलाई सजाएर चिटिक्क पार्नुहुने बैकुण्ठमान श्रेष्ठको परिवारलाई पनी धन्यबाद दिदै आगामि दिनमा पनी सहयोगको आसा राख्दछु । खानाको ब्यबस्थापन मिलाउनुहुने बानाका सचिब राजु पराजुली तथा करी एन्ड कवाव, सिज्लिङ मुम्बे, नेपाल हाउस, ताज प्यालेस, काठमाडौं किचन, बेल्भेटर टावर तथा सेलरोटिको लागी दिपान्जली शर्मा लगाएतलाई धन्यवाद दिन चाहन्छु ।

पेन्टिङ तथा आकर्षक ब्यानर बनाईदिनुभएकोमा प्रकास सिग्देललाई पनि धन्यवाद दिन चाहन्छु । साथै बानाको भवन खरिदको लागि आर्थिक सहयोग गरेर पनि कार्यक्रममा सहभागिता जनाउन नसक्नुहुने सबै महानुभावहरुलाई नमन गर्न चाहन्छु ।

मलाई थाहा छ यहाँ धन्यबाद दिदा दिदै पनी कति अमुल्य योगदान गर्ने महानुभावहरुको नाम छुट्न गएको छ, आज यहाँ नाम छुट्न गएपनी बानाको ईतिहासमा तपाईको योगदानको अमुल्य कदर सधै रहिरहने छ, त्यसैले छुटेकोमा क्षमा चाहन्छु ।

बानाको यो सामुदायिक भवन तपाई हाम्रै भवन हो त्यसैले तपाईलाई ब्यक्तिगत अथवा सामाजिक कामको लागि कुनै पनी बेला भवनको आबश्यकता परेमा अब तपाई आफ्नै बानालाई जुनसुकै बेला सम्झन सक्नुहुनेछ १

अध्यक्ष अनसुया श्रेष्ठ वन्त

तथा सम्पुर्ण बाना परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *