1

क्यान इन्फोटेक ; सगुनको स्टलमा एप्स डाउनलोड गर्नेहरुको भिड सन्चारमन्त्री बस्नेतले भने - सगुनलाई नेपालीको प्रोत्साहनको जरुरत

166 पटक पढिएको

काठमाडौं–सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा एप डाउनलोड गर्नेहरुको संख्या उल्लेख्य बढेको छ । सगुनले केही दिनअघि भारतको नयाँ दिल्लीबाट एन्डोइड मोवाइल एप सार्बजनिक गरेको थियो । पछिल्लो समय सगुनको मोवाइल एप डाउनलोड गर्नेहरु बढीरहेका छन् ।

कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको छ । सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका छन् ।
सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिन्छ । अल इन वन जस्तै छ सगुन एप । अर्थात् माइ डे एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमा समाहित छ ।

सगुनको स्टलमा संचारमन्त्री मोहनबहादुर बस्नेतले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । उनले विदेशमा बसेका नेपालीले विकास गरेको सगुनलाई सबै नेपालीले प्रोत्साहन गर्नु पर्ने बताए । उनले नेपाललाई सूचना प्रविधिमा अगाडि बढाउन विदेशमा बसेका नेपालीको सीपलाई प्रयोगमा ल्याउनु पर्ने बताए ।
सगुन नेपालका अजयबाबु शिवाकोटीले मेलामा आउनेहरुले सगुनको एपमा निकै चासो दिएको बताए । उनले भर्खरै एन्ड्रोइड भर्सनमा आएको एप आइफोनको आइओएसमा समेत अबलोकनकर्ताले खोजेको जानकारी दिए । ‘आएफोनको एप स्टोरमा सगुनको एप कहिले आउँछ भनेर सोधिरहेका छन्,’ उनले भने, ‘अमेरिकामा बस्ने नेपालीले डेभलप गरेको सगुनप्रति सर्बसाधारणको चासो बढेको पाएका छौं ।’ उनले आइओएसमा छिट्टै उक्त एप सार्बजनिक गर्न डेभलपरहरुको टिमले काम गरिरहेको जानकारी दिए ।

सगुनले क्यान इन्फोटेकमा राखेको स्टलमा आउने अवलोकनकर्तालाई मोवाइल एप डाउनलोड गर्दा हात खालि नजाने विभिन्न आकर्षक उपहारको ब्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट राख्ने बिषय अध्यनमा – परराष्ट्र मन्त्री ज्ञवाली

टेक्सास - नेपालीहरुको ठुलो संख्यामा बसोबास रहेका अमेरिकाको दुई राज्य टेक्सास र.. ...

वेश्यालय, नेपाली फोहोरी राजनीति र ओली-प्रचण्ड एकता

- रामप्रसाद खनाल नेपालको ईतिहासमा केपी ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई जति गाली,.. ...

रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा महासंघको विशेष सधारण सभा

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघको रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा विशेष सधारण.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...