२०८१ वैशाख १४ गते | 26th of April 2024

‘सि-ओ-डब्लु – काउ’ युट्युवमा ट्रेन्डिगं नम्बर वान

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १२ गते १:१७

चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ को पहिलो गीत ‘सि-ओ- डब्लु काउ…’ नेपालको युट्युव ट्रेन्डीङ्मा एक नम्बरमा आएको छ।गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ। गीतमा राजनराजको शब्द र संगीत रहेको छ।लोक, पप र आधुनिक फ्लेवर मिश्रण गरिएको गीतमा अघिल्ला गीत भन्दा केहि नयाँ गर्ने प्रयास राजनराजले गरेका छन्। सार्वजनिक भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माको साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् ।
केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र बैशाख १४ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

https://youtu.be/uF9XJU8Py58

Leave a Reply

Your email address will not be published. Required fields are marked *