२०८१ वैशाख ६ गते | 18th of April 2024

हिमाल सागरको आउनै छाड्यौ सपनीमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १२ गते १२:३४

काठमान्डौं – हिमाल सागरको आवाज रहेको नयाँ गीत सार्बजनिक भएको छ । ‘आँउनै छाड्यौं सपनीमा’ बोलको गीतलाई केही समय अघि मात्रै सार्थक डिजिटल प्रा. लि.ले आफ्नै अफिसियल यु-ट्युब च्यानल “सार्थक डिजिटल” मार्फत सार्बजनिक गरिएको छ ।

प्राय: आफ्नै शब्द संगीतमा गीत गाउन रुचाउने हिमाल पछिल्लो समय बाहिरि ब्यानरका गीतहरु समेत गाउन थालेका छन् । रबिन्द्र जोशीको शब्द रहेको उक्त सार्बजनिक गीतलाई जीवन पन्तले संगीत दिएका हुन् । हिमाल सागरको आवाजमा रहेको उक्त गीत दि फ्रेण्डसिप एल्बममा समावेश गरिएको छ ।

Image may contain: 2 people, people smiling

गीतको भिडियोमा समेत गायक स्वयंम हिमाल देखिएका छन् भने गीतकार रबिन्द्र समेत भिडियोमा अटाएका छन् । निरज मगरको छांयाकनमा तयार भएको उक्त भिडियोलाई जेब्रा क्रियशनले सम्पादन र पोष्ट प्रडक्सनको काम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *