२०८१ वैशाख १३ गते | 25th of April 2024

उपमेयरको तलव सडक बालबालिकालाई

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते १०:०३

पोखरा, २५ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सरस्वती गुरुङले आफुले जिते त्यसपछि प्राप्त हुने तलब भक्ता नलिने घोषणा गरेकी छिन् ।
कांग्रेसको तर्फबाट महानगरको उप प्रमुखकी उम्मेदवार गुरुङले तलब भक्ता बापत आफुले प्राप्त गर्ने रकम सडक बालबालिकाको ब्यवबस्थापनमा खर्च गर्ने बताइन् । ‘ उप मेयरमा मलाई जिताउनुस्, तलब भक्ता बापतको रकम लिन्न , सडक बालबालिकाको लागि खर्चिन्छु । ’ उनले भनिन् ।
यसअघि नेकपा एमालेको तर्फबाट महानगरको वडानम्बर २० का उम्मेदवार सिम गुरुङले पनि जितेपछि आफुले प्राप्त गर्ने तलबभक्ता नलिने र वडाकै विकासमा खर्च गर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *