२०८१ वैशाख ७ गते | 19th of April 2024

सामुदायिक भवनका लागि महापुराण अब कोलोराडोमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १६ गते ३:२८

अमेरिका । नेपाली भाषा बोल्ने नेपाली र भुटानीको बाक्लो बसोबास रहेको अमेरिकाको कोलोराडोमा साझा सामुदायक भवन निर्माणका लागी आर्थिक सहयोग संकलन गर्न श्रीमद्भागवत् महापुराण लगाइने भएको छ ।

कोलोराडोमा क्रियाशील संघ–संस्था तथा समाजसेवीहरुको आयोजनामा आगामी अप्रिल २८ देखि मे ५ सम्म हुने श्रीमदभागवत महापुराणको वाचन पण्डित दिनबन्धु पोख्रेलले गर्ने आयोजकले जनाएका छन् । कार्यक्रम डेनभर मेट्रोभित्र हुनेछ ।

नेपाली घरको आह्वानमा कोलोराडोमा क्रियाशील संघ–संस्था तथा समाज सेवीहरुको भेलाले सामुदायिक भवन निर्माण गर्न पुराण लगाउने सर्वसम्मत निर्णय गरेको हो ।

भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न ९ सदस्यीय अध्यक्ष मण्डलसमेत चयन गरेको छ । अध्यक्षमण्डलमा डा.विष्णुबहादुर श्रेष्ठ, डा.विजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नवीन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् । बाँकी ३ सदस्यको चयन भने केही दिनपछि गरिने नेपाली घरका अध्यक्ष लक्ष्मण रानाले बताए ।

त्यसैगरी, मुल आयोजक समितिको माताहतमा रहने गरी एक सचिवालय समिति र एक कार्यकारी समिति गठन गरिने छ । यी समितिहरुमा कोलोराडोमा क्रियाशील सबै संघ संस्थाका अध्यक्ष, समाजसेवी, व्यवसायी, बुद्धिजीवी पत्रकार तथा कलाकारहरु रहने छन् ।

त्यस्तै सप्ताह महायज्ञलाई सफलताका साथ सम्पन्न गर्न अर्थिक उपसमिती, प्रचारप्रसार उपसमितिलगायत ३० भन्दा बढी उपसमितिहरु र हरेक शहरमा सहयोग समितिहरु गठन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *