२०८१ वैशाख ८ गते | 20th of April 2024

माइनुट च्यात्ने उपमेयर र डेढ करोडको किताब बेच्ने चुडामणिहरु !

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १६ गते १९:०७

– लक्ष्मण सिटौला

सुन्दा पनि उदेकलाग्दो एउटा परिघटना घट्यो धनुषा गणेशमान चारनाथ नगरपालिकामा । गाडी सुबिधा उपभोग गर्न नपाएको झोकमा उपमेयर मीनकुमारी यादवले कार्यपालिका को बैठक निर्णय नै च्यातिन ।

गाडीको सुबिधा माग्नु आफ्नो ठाउमा कति जायज कति नाजाय त्यो आफ्नै ठाउमा होला । तर सुबिधा नपाएको झोकमा बैठकद्वारा गरिएका सरकारी निर्णय नै च्यात्नु कति लज्जास्पद र आपत्ति जनक कुरा हो र यस घटना बाट मुलुकभर कस्तो शन्देश गयो होला त्यो उपमेयरहरुले सोच्ने कुरा हो ।

एउटा चोरको कारण अरु सद्देलाइ पनि सन्खा गर्नुपर्ने स्थिति जन्मिएको छ । त्यस्ता सुबिधा भोगीहरुलाइ एक त पार्टीले उपमेयरको टिकट दिनु गल्ती थियोे अर्को त्यस्ता नालायक भोगी र ढाेगीलाइ भोट दिएर जिताउनु नै गलत थियो धनुषावासीको । आफू केही नगर्ने र राज्य ढुकुटी बाट मात्रै दोहन गर्ने प्रवृत्ति हाबी हुँदै गैरहेको छ । देशलाई दिने भन्दा पनि देश सग लिने मात्रै / माग्ने मात्रै प्रवृत्ति उर्लिएको छ । मेयरले बजेट अभाव छ भनी बुझाउदा, मिटिङ सन्चालन गर्न समेत आर्थिक अभाव रहेको कुरा अवगत गराउदा समेत परिस्थिति लाई नबुझी निर्णय नै च्यात्ने ती उपमेयर मुलुकका लागि बोझ नै रहिछन ।

पार्टीले सहि र सत्य मान्छे चिन्ह नसक्नु त्यो दुर्भाग्य हो ।रास्ट्रसभा सहित तीन चुनाव सप्पन्न हुँदै छ यो मुलुकमा । के नेपाली जनताले चाहे जस्तो नेता पाएका छन त? टिकट दिने आधार के हो ? महिला भए उन्को सुन्दरता र ओछ्यान अनि पुरुष भए चाकरी पैसा र नेताका स्त्रीका नजिकका पात्र हुनुपर्ने हो र?

देखिएको छ जनताका नजरमा भगवान जस्तै पुजिएका ब्यक्ति लाई पार्टीले लोप्पा ख्वाएर अर्कै चाकरी गर्ने जि हजुरी गर्नेले टिकट पाएको अनि त्यस्तालाई चुनाव जिताउन सिङ्गो पार्टी लागेको। टिकट पाउने धाउन सक्नेले मात्रै हो । जनताको नजिक रहेर काम गर्न सक्ने ब्यक्ति केन्द्रसम्म धाउनै सक्तैन बिचरा । केन्द्र धाउने चाटुकारले टिकट पाउछ र चुनाव जिताइन्छ । अनि त्यस्तैले हुन सुबिधा खोज्ने भएभरको ।क्तैन

मुलुकको ढुकुटी कतिसम्म दोहन गर्न सकिन्छ भनेर कार्य योजना बनाउने छ्ट्टु छिपकलीहरुलाइ जनताको दुख र आँसु सग के सरोकार ! हरेक पटक आउने चुनावले मुलुक आर्थिक रूपमा कति स्खलित हुन्छ भन्ने कुरो एस एल सि फेल भएर बेरोजगार भै बसेका ब्यक्ति मेयर उपमेयर वडा अदक्ष चुनिएकालाइ के थाहा ?।

गरीबको बस्तीमा सल्केको भोकको आगो निभाउने वाचा गरेर जितेका जनप्रतिनिधि जब मोबाइल गाडी , निजि आवास गृह सुरक्षा गार्ड, भ्रमण भत्ता, मिटिङ भत्ता ,बिदेश भ्रमणमा नै अल्मिन थाल्छन भने अनि यो देशको प्रगति कसरी होला खै ?

बाबुले बनाइदिएको पुर्ख्यौली घरमा खिया परेको पानीको पाइप फेर्न नसक्ने यहि माइलो हो । जागीर त मैले पनि खाको छु । पद पनि राम्रै छ तर हरेक बर्ष सम्पत्ति बिवरणको फाराम भर्दा भएको सम्पत्ति पनि घटिरहेको हुन्छ किन होला ?।

यहाँ पानीको अलवा बियर पिउने थुप्रै चुडामणिा शर्माहरु छन । किताब बेचेर डेढ करोड आम्दानी गरेको देखाउने हे अगस्त्य मुनि तिम्रा कुरा सामान्य गोमा ब्राह्मणिलाई पनि पत्याउन गार्हो हुन्छ भन्ने कुरा तिम्ले किन बुझेनौ ?। किताबको आम्दानी हेर्दात तिम्ले नेपालको महाकवीलाई नै माथ ख्वाएछौ। नेपाल बाट पहिलो नेबेल पुरुस्कार तिमीले नै पाउन पर्ने हो ।

मैले पनि लेखे १७ वटा किताब तर सधैं प्रकाशको पयर छुनुपर्छ रोयल्टीका लागि । अबत यस्तो लागि सक्यो कि म सग भएको जायजेथा कर बिभागकै नाउँमा गर्दिन पाए यो सालैपिछे सम्पत्ति विवरणको घाडाे फाराम त भर्न पर्दैन ! कर छ्ल्ने तिनै अगत्स्यमुनीहरु हुन्छन जो पानीको साटाे बियरले हात धुन्छन।नेपालमा यी र यस्तै बेथिति निराकरणका लागि चाहिएको हो चुनाव र स्थानीय जनपक्षीय जनप्रतिनिधि तर के गर्नु चुनाव सकिएको दुई बर्ष हुन लागिसक्यो न डाडामा कटुवाल कराउछन न धारोको टुटिमा पानी आउँछ न सडकको दुर्गती सुधार हुन्छ न सडक मिच्नेहरुलाइ कार्वाही हुन्छ न कुनै कार्ययोजना नै ल्याइएको छ ।

समय कटाउने र भत्ता पचाउनका लागि चुनिएका स्थानीय प्रतिनिधि के काम ? दशौ बर्ष पछि स्थानीय सरकार बन्यो र जनताको दर्द दुर हुने भो बिकास आउने भो भनेको त जनप्रतिनिधि नै गाडी सुबिधाका लागि मिसाइल हानाहान गर्न थालेपछि यो भन्दा दुर्भाग्यपूर्ण स्थिति के हुन्छ ।

नेपालमा राजनीतिको पर्खालमा भ्रष्टाचारको हरीयाली झाङ्गिरहेको हुन्छ । चुडामणिा त एउटा नमूना मात्रै हुन । वरिष्ठ राजनीतिज्ञहरुको चार पुस्ते उतार्नु पर्छ को को छन भ्रष्टाचारी भनेर । भ्रष्टाचारीलाइ चिनमा जस्तै फाँसी हुनुपर्छ त्यो पनि सबलाइ ददेखाएर। भ्रष्टाचार लागु औषध र महिला हिम्सामा सम्लग्नलाइ टुडिखेलामा सार्वजनिक गर्नुपर्छ अनिमात्र पदमा पुगेका पुछ्रेताराहरु सेलाउलान नत्र खोइ के खोइ के ।

जागीरे पनि भ्रष्टाचारी , नेता पनि भ्रष्टाचारी, ठेकेदार पनि भ्रष्टाचारी, न्यायाधीश न्यायलय पनि भ्रष्टाचारी गाउँपालिका नगरपालिकाका जनप्रतिनिधि पनि भ्रष्टाचारी अनि को छ त यहाँ सदाचारी ? बाग्मती नपुगीसम्म भ्रष्टाचार गर्न नछाड्ने भए पछि अनि यो देशमा भ्रष्टाचार नगर्ने सपुतका सपनाहरू कहिले मौलाउनु ? बुझेका मान्छे विद्वान् बर्ग आफै पाखा लाग्छन । बिदेश पलायनको परिस्थितिको जन्म हुन्छ ।

वास्तवमा यी मेयर उपमेयरहरु जनताको हितका लागि चुनाव जितेका होइनन । सुबिधा कति पाइन्छ ,तलब भत्ता कति पाइन्छ र भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोड्न पाइन्छ कि पाइदैन भनि च्याखे थाप्दा बाजिमा जितियका पद हुन यी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *