1

ट्रम्पको सम्बोधन : चार खम्बे आप्रवासन नीति र डीभी बन्द !

224 पटक पढिएको

डि सी – कार्यकाल सम्हालेको एक बर्ष पुरा भएको अबसरमा दिएको पहिलो स्टेट अफ दि युनियन सम्बोधनमा उनले चुनावताका गरेका प्रतिबद्धता पुरा गर्न चार खम्बे आप्रवासन नीति ल्याउने बताएका छन् ।

लामो समयदेखि डीभी भिषाको आलोचना गर्दै आएका ट्रम्पले त्यसलाई अन्त्य गर्दै योग्यताका आधारमा भिषा दिने नयाँ नीति ल्याउने घोषणा गरेका छन् ।

कुनै क्षमता र दक्षता नै नभएका बिदेशीलाई चिठ्ठाका आधारमा ग्रिनकीर्ड दिने प्रणाली सही नभएको भन्दै उनले अमेरिकालाई आबश्यक दक्षता र सीप भएका मानिसलाई गि्रन कार्ड दिने नयाँ प्रणाली ल्याउने घोषाणा गरेका छन् ।

सुरुदेखि नै डीभी प्रणालीको बिरोध गरिरहेका ट्रम्पले त्यसको अन्त्य गर्दै दक्षतामा आधारित गि्रनकार्ड प्रणाली ल्याउने बताएका हुन् ।

यसैगरी ट्रम्पले चेन माइग्रेसनलाई अन्त्य गर्ने घोषणा गरेका छन् । एक जनाले स्पोन्सर गरेर जति पनि पारिवारिक सदस्यलाई अमेरिका ल्याउन सक्ने प्रणाली सही नभएको भन्दै उनले अब पतिपत्नी र नावालकलाई बाहेक अरुलाई स्पोन्सर गर्न नमिल्ने गरी नीति बनाउने घोषणा गरेका छन् ।

यसैगरी उनले बाल्यकालमै अमेरिका ल्याइएका झण्डै १८ लाख अबैध बिदेशी बालबालिकालाई नागरिकता दिने घोषणा गरेका छन् । शिक्षा र योग्यताको सर्त पुरा गरेकाहरुलाई नागरिकता दिन सुरु गरिने उनको घोषणा छ ।

अमेरिकाले डीभी भिषा बन्द गरेमा त्यसको पहिलो असर नेपालीलाई पर्ने छ । यो प्रणाली अन्र्तगत भिषा प्राप्त गर्ने पहिलो नम्बरमा नेपालीहरु रहँदै आएका छन् ।

डीभी बन्द गरेर अमेरिकी अर्थतन्त्रका लागि चाहिने दक्ष जनशक्ति लैजाने घोषणाबाट दक्ष प्राबिधिकहरुलाइ लाभ पुग्ने छ । यसको केही फाइदा नेपाली प्रबिधि क्षेत्रमा काम गर्ने जनशक्तिले पाउनेछन् भने ठूलो फाइदाचाहिँ भारतीय सूचना प्रबिधि क्षेत्रका कामदारलाई हुनेछ ।

तपाईको प्रतिक्रिया

सरकारको सय दिनको अवधि निराशाजनक – प्रदीप पौडेल

काठमान्डौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको एक सय दिनको.. ...

गोकर्णेश्वर– ६ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना, सयौं लाभान्वित

काठमान्डौं - नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार.. ...

राष्ट्रपतिलाई ‘महारानी’ को उपाधी दिने को ?

काठमान्डौं -  नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...