२०८१ वैशाख १४ गते | 26th of April 2024

प्राण प्रतिष्ठा पूजामा यजमान बन्नका लागि श्रीपशुपतीनाथ फाउन्डेशनको सुचना

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते २०:४२

 सूचना !!!
प्राण प्रतिष्ठा पूजामा यजमान बनि पूजा गर्नको लागि नाम लेखाउने बारे :
आदरणीय समुदाय सदस्यहरू,
फेब्रुअरी १३ मा पर्ने शिवरात्रीको अवसर पारेर ११-१३ सम्म मुर्तिहरुमा प्राण प्रतिष्ठा गरी विधिवत् पुजाआजाको शुभारम्भ गर्ने योजना रहेको जानकारी गराउँदछौ । प्राण प्रतिष्ठा पूजामा तल उल्लिखित बिधिबिधान पालन गरी यजमान बनी पूजा गर्नको लागि इच्छुक नेपाली समुदाय सदस्यहरूलाई आफ्नो नाम लेखाउनको लागि फेब्रुअरी ५ , २०१८ सम्म नाम लेखाउनु हुन् अनुरोध गरिन्छ । यजमान बनी पूजा गर्न इच्छुक सबैले आशौचबाट थुन छेक नहोस भन्ने उद्देश्यले यथाशीघ्र नान्दी-श्राद्धको टीका लगाउन र आवश्यक सर सल्लाह एवं नीति निर्देशका लागि ६ फेब्रुअरी मङ्गलवार बेलुका ७ बजे अनिवार्य उपस्थिति हुनुपर्ने छ ।

श्री पशुपतिनाथ एवं बुद्ध मन्दिर प्राण-प्रतिष्ठा कार्यक्रम यजमान आचारसंहिता :
१. यज्ञ आरम्भ हुनुभन्दा २ दिन अगाडी देखि नै दाह्री कपाल नङ आदि काटेर सात्विक भोजनमात्र गर्ने र ब्रह्मचर्यमा रहनुपर्नेछ ।
२. हरेक यजमानले पूजा योग्य वस्त्र धोती, कुर्ता, साडी चोली, उत्तरीय वस्त्र गम्छा आदि सकेसम्म नयाँ नभए धोएको चोखो वस्त्र धारण गर्नुपर्ने छ । (यस्तो वस्त्रको व्यवस्था स्वय गर्नुपर्नेछ ) ।
३. यज्ञ अवधिभर ( ११, १२, र १३ फेब्रुअरी सम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ) पूजाको लागि अनिवार्य उपस्थित हुनुपर्नेछ ।
४. आशौचबाट थुन छेक नहोस भन्ने उद्देश्यले यथाशीघ्र नान्दी-श्राद्धको टीका लगाउन र आवश्यक सर सल्लाह एवं नीति निर्देशका लागि ६ फेब्रुअरी मङ्गलवार बेलुका ७ बजे अनिवार्य उपस्थिति हुनुपर्नेछ ।
५. पुजाअवधिभर मन्दिर व्यवस्थापन समिति र यज्ञ-आचार्यको सङ्केत पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।
६. यज्ञ अवधिभर चर्को बोल्न, वादविवाद गर्न र झगडा गर्न निषेध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *