२०८१ वैशाख ७ गते | 19th of April 2024

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २५ गते १८:२३

काठमान्डौं – द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ ।

दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको भन्दै प्रहरीले खड्गीलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको जनाएको छ ।

५७ बर्षिय खड्गीलाई बिहीवार जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको सिआईबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *