1

छात्रवृत्ति पाउनका लागी छात्राहरुले जहाँ कुमारित्व परीक्षण गराउनुपर्छ

240 पटक पढिएको

दक्षिण अफ्रिका – गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने चलन प्राय सबैतिर हुन्छ र प्रायः विश्वभरमै विद्यार्थीलाई छात्रवृत्ति वितरणको मापदण्ड यहीँ हो । तर दुनियमा एउटा यस्तो देश पनि छ जहाँ छात्राहरुले विद्यालयमा छात्रवृत्ति पाउनका लागि केवल गरिब र जेहेन्दार भएर मात्र पुग्दैन कुमारी अर्थात् भर्जिन पनि हुनुपर्छ ।

दक्षिण अफ्रिकाको उथुकेला सहरमा विद्यार्थी किशोरी तथा युवतीहरुलाई छात्रवृत्ति पाउनका लागि आफ्नो कुमारित्व परीक्षण गराउन पर्दछ । छात्रा चाहे जुनसुकै उमेरका होउन् भर्जिनिटी टेष्ट गराउनैपर्छ । कुमारित्व परीक्षणका क्रममा कौमार्य भंग भएको अर्थात् यौन सम्पर्क राखेको प्रमाणित भएका छात्राहरु छात्रवृत्ति पाउने सूचिबाट बाहिरिन्छन् । आखिर छात्राहरुलाई छात्रवृत्ति वितरण गर्दा किन भर्जिनिटी परीक्षण गराइन्छ त ? उथुकेला सहरका मेयरले स्कुल तथा कलेजमा पढ्ने त्यस्ता छात्राहरुलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् जो भर्जिन रहेका छन् ।

छात्रवृत्ति पाइसकेपछि रकम भुक्तान हुने सिलसिलामा गरिने पुनः परीक्षणका क्रममा कुमारित्व गुमाएको पाइएमा समेर्त छात्रवृत्ति रकम फिर्ता लिइन्छ । वास्तवमा छात्राहरुमा एचआइभी एड्सको संक्रमणको जोखिम कम गर्न कम उमेरमा असुरक्षित यौन सम्पर्कलाई निरुत्साहित गर्नका लागि नगर प्रशासनले यस्तो छात्रवृत्ति नीति ल्याएको हो । तर कतिपयले भने छात्रवृत्तिका लागि छात्राहरुको कुमारित्व परीक्षण गर्ने कार्यले व्यक्तिको गोपनियता हनन गर्ने तथा किशोरीहरुलाई निरास तथा लज्जित बनाउने भन्दै विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...