२०८१ वैशाख १४ गते | 26th of April 2024

आमाप्रति समर्पित गितकार पुष्पा खनालको गीत ‘आमा’

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २७ गते ११:५६

काठमाण्डौ – गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ (लिरिकल भिडियोसहित) फरसी नेटवर्कमार्फत् आज सर्वजनिक भएको छ ।
आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको उनले बताईन् । यस गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै याद आएको र सङ्गीत भर्न निकै कठीनाई भएको सङ्गीतकार लक्ष्मण शेषले बताउनुभयो ।

मानिसको जीवनमा आमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यो गीतमार्फत् खनालले व्यक्त गरेकी छन् । यो गीत अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकी हुन् । आमा साथैमा भएपनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको गायिका विन्दु परियारले बताइन् ।

दुई दशकदेखि गीत, सङ्गीत, कविता, कथामार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाका दुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल)मार्फत् दर्जन बढी गीतहरु बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरु सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिक भइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ ले विगत सात महिनामा पिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

भिडियो :

https://youtu.be/tYM9M_D4GQI

Leave a Reply

Your email address will not be published. Required fields are marked *