२०८१ वैशाख १४ गते | 26th of April 2024

पशुपतिनाथ फाउन्डेशनको प्राण प्रतिष्ठा : बुद्ध भगवान प्राण प्रतिष्ठा भोली

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २९ गते ३:३६

लस एन्जलस – श्रीपशुपतिनाथ फाउण्डेशन, युएसए र ग्रेटर लस एन्जलसवासी नेपालीहरु, भगवान पशुपतिनाथ र भगवान बुद्धका अनुयायी र शुभचिन्तकहरुको अथक प्रयासस्वरुप अन्तत: आरग्यदेव श्रीपशुपतिनाथ, विभिन्न देवी देवताका मुर्तीहरुलाई स्वागतस्वरुप प्राण प्रतिष्ठा कार्यको आज फेब्रुअरी ११ देखी शुरुवात भएको छ ।

यो विशेष पूजाको कार्यतालिकास्वरुप मन्दिरमा स्थापना भएको बुद्ध मुर्तीको प्राण प्रतिष्ठाको विशेष पूजा भोली हुने भएको छ ।

भोलीको विशेष पूजाको लागि बुद्ध धर्मका आदरणीय गुरु खेन्पो रिङ्गपोछे जम्पाको अपार दिब्य ज्ञानद्वारा बुद्ध भगवानको मुर्तिमा पनि भोली फेब्रुअरी १२को सांझ ६ .०० देखि ८.०० बजे प्राण प्रतिष्ठा गरिने भएको कुरा बुद्धिष्ट सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामाले जनाउनुभएको छ । उक्त विशेष पूजामा धर्मप्रति आस्थावान समस्त ग्रेटर लस एन्जलसवासी नेपाली समुदायका सदस्यहरुको गरिमामय उपस्थितिका लागि अध्यक्ष लामा एवम फाउन्डेशनका अध्यक्ष भक्त थापाले हार्दिक अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *