२०८१ वैशाख १३ गते | 25th of April 2024

महासमिति बैठक बोलाउनबाट सभापति डराउनु हुँदैन : कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ५ गते १३:३२

काठमान्डौं – कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक बोलाउनबाट डराउनु नहुने बताउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा आयोजित कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा कोइरालाले महासमिति बैठक सभापति देउवाको विरोधमा नभएकोले पार्टीको विधान संशोधनका लागि तत्काल बोलाउन आग्रह गर्नुभयो ।

‘पार्टीलाई समय सापेक्ष बनाएर अघि बढन विधान संशोधनको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पार्टीलाई सोही अनुसारको संरचनामा लग्न विधान संशोधन आवश्यक भएकोले पार्टी सभापति देउवालाई बैठक बोलाउन डराउने कुरै छैन ।’ ऐनले पार्टीलाई सुदृढ बनाउन भ्रातृ संघ संगठनहरुलाई पून र्जागरण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले नेपाली कांग्रेस विधिको सासनमा चलेको पार्टी भएकाले एकलौटी रुपमा गर्ने निर्णयले पार्टीलाई हानी पुर्‍याउने उहाँको भनाई थियो ।  उहाँले नेपाली कांग्रेसलाई पाँच वर्षसम्म जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएकाले प्रतिपक्षमा बसेर गुण र दोषको आधारमा सरकारलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई संगठित बनाउन पार्टी भित्रको एकता आवश्यक रहेको बताउनुभयो ।

चुनावमा पराजय भोग्दैमा कांग्रेस बिचलित नहुने भन्दै मुलुकको समृद्धि र जनताको हितका निम्ति काम गर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले नयाँ सोच र समय सापेक्ष बनाएर पार्टीलाई अगाडि बढाउन नेविसंघको भूमिका महत्वपुर्ण रहेने उल्लेख गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, प्रदेशसभा सदस्य केदार कार्की, विन्दिया कार्की तथा विभिन्न जिल्लाका नेविसंघ सभापतिहरुले शुभकामना व्यक्त गरे । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमा प्रदेस १ का १४ जिल्लाका ४ सय विद्यार्थीको सहभागिता रहेको कांग्रेसका युवा नेता ललित श्रेष्ठले बताउनुभयो कान्तिपुरमा लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *