२०८१ वैशाख ७ गते | 19th of April 2024

भयंकर भयो : लस एन्जलसमा नेपाल आइडल मेगा कन्सर्ट

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ५ गते १६:५८

लसएन्जलस – सेवा परमो धर्मको मुलमन्त्र सहित स्थानिय अगुवा नेपालीहरु तारा गुरुङ्ग, टेक वाइवा लामा र बीरबल बुढाथोकीले संयुक्त रुपमा आयोजना गरेको नेपाल आइडल मेगा कन्सर्टमा कलाकारहरु प्रताप दाश, नीशान भट्टराई र बुद्ध लामाको सदाबहार नेपाली गीत संगीतको प्रस्तुती सहित अपार दर्शकको उपस्थितिमा गत आइतबार साँझ ताल, संगीत र नृत्यमा झुम्यो लसएन्जलस । रीमा विश्वकर्माको बेजोड उद्घोषण र नेपाल आइडलका उत्कृष्ट तीन कलाकारहरुको रोमान्चक प्रस्तुतीले नाच्दै रमाउदै स्टेजमा पुगेका लसएन्जलसमा बसोबास गर्ने नेपाली समुदायका तरुण तन्नेरीको उत्साह देख्दा लाग्थ्यो मातृभूमि नेपाल अमेरिकी भूमिमा पनि जगमगाई रहेको छ । नेपाली गीत र संगीतलाई माया गर्ने गर्ने नेपाली समुदाय स्टेजमा प्रस्तुति दिदै गरेका कलकारलाई चुम्न पुग्दा आयोजक र स्वयंसेवकलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । प्रवाशी नेपालीको रोजाइमा परेका नेपाल आइडलका उत्कृष्ट तीन कलाकारहरुको रोमान्चक प्रस्तुती हेर्न ओइरिएको दर्शकको भिडले आयोजक आगामी दिनमा अमेरिका ब्यापी नेपाली गीत, संगीत, चलचित्र र मनोरंजनका थप कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।

आयोजक टेक वाइवा लामा र तारा गुरुङ्गका आनुसार निकट भविष्यमै मातृभूमि नेपालको दुख र बिपतमा परेका हातहरुलाई साथ् दिन सुगम, संगीत, मनोरंजनको दुनियाका चर्चित अनुहार, चर्चित लोक गीत, चलचित्र सहित नेपाली चाड र पर्व अनुसारको मनोरंजनको प्याकेज लिएर आउने तयारीमा जुटेको छ यो समूह ।

आयोजक टेक वाइवा लामाले सेवा परमो धर्मको उद्धेश्य सहित आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टमा सहयोग पुर्याउने बिज्ञापनदाताहरु फोकस एकाउण्टिङ्ग एण्ड सिपिए, जय दाहाल, श्याम श्रेष्ठ, युवराज ओली, एकाउण्टिङ्ग एण्ड विजनेस सर्भिसेस, राजेन्द्र सिवाकोटी, तामंग सोसाइटी, उत्तर अमेरिका, तारा हिमालयन कुजीन, इन्डियन किचन, राजेश निरौला. अन्नपुर्ण फाइन इन्डियन कुजिन, अर्जुन ठकुरी, कमल प्यालेस, अनिल केसी, ओम कार्की, कृष्ण केसी, बाइ होम एण्ड शेल, सुरेन्द्र सापकोटा, राइजिङ्ग इन्टरनेसनल, ऋषि पुनाखर ढकाल, बुद्धिस्ट सोसाइटी क्यालिफोर्निया, राम लामा, हिमालयन हाउस, रेणु कायश्थ, इन्डियन कार्य कुजीन, चित्र भण्डारी, अर्जुन ठकुरी, हिमालयन ग्रील, अमृत महतो, नमस्ते इन्डियन किचन, देवी चरण घिमिरे, स्वयम सेवकहरु, सौजन्य शाह, जोशेफ घले, रमेश श्रेष्ठ, किरण गौतम, उत्तम जंग थापा, परशुराम गिरि, अनिल तामांग, अन्जना बस्नेत, चिरन गौतम, गोपाल अधिकारी, संसेर भण्डारी, नृत्यमा सहयोग पुर्याउने सुरज श्रेष्ठ, अनु खड्का, सिर्जना भण्डारीले पुर्याउनु भएको अपार सहयोग र समर्थनका लागि धन्यवाद सहित हार्दिक आभार प्रकट गरेका छन् ।

यसै गरि टिकट खरिद र बिक्रि गरि सहयोग पुर्याउने एनआरएनका स्थानिय पदाधिकारी र स्थानिय संघ संस्थाका प्रतिनधिहरुको सहयोगको लागि आयोजकका तर्फबाट तारा गुरुंगले आभार प्रकट गरेकी छिन । आयोजकका अनुसार धुर्मुश सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टमा अपेक्षित मुनाफा नभएपनि आयोजक त्रय स्थानिय अगुवा नेपालीहरु तारा गुरुङ्ग, टेक वाइवा लामा र बीरबल बुढाथोकीले संयुक्त रुपमा अमेरिकी डलर १ हजार ५१ नेपाली रुपियाँ करिब एक लाख साठी हजार सहयोग प्रदान गर्ने निर्णय गरेका छन् । नेपाल आइडलका कलाकारहरु मार्फत उक्त रकम धुर्मुश सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *