२०८१ वैशाख १४ गते | 26th of April 2024

प्रणय दिवसमा प्रणयको म्युजिक भिडियो सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ७ गते ८:३१

 एट्लान्टा – अमेरिकाको एट्लान्टा मा रहेर बिभिन्न समयमा फरक फरक साँगीतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै आएका प्रणय राणाले यस बर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसर पारेर नयाँ साँगीतिक कोशेली “मन त मनै हो ” को म्युजिक भिडिओ सार्वजनिक गरेका छन । उक्त म्युजिक भिडियो एट्लान्टास्थित The Kuntry Club को निर्देशन मा बनेको हो ।

बिदेशमा रहेर पनि नेपाली गीत-संगीत लाई माया अनी स्रद्धा गर्ने उनले अब चाडैनै आफ्नो तेस्रो गीति एल्वम सार्वजनिक गर्ने बताएका छन् । यसैको तयारीमा केहि महिना अघि राणाले “एउटा फूल” नामक गीतको म्युजिक भिडिओ पनि सार्वजनिक गरेका थिए । उनले यसघि २००५ मा Flying Feathers अनि २००९ मा Traffic Jam एल्बम निकालिसकेका छन् ।

एट्लान्टाको नेपाली शान “4MB “ नामक ब्याण्डमा पनि उनी गायकको रुपमा आबद्ध छन् । उक्त ब्याण्डले अमेरिकाका बिभिन्न शहरहरुमा साँगीतिक प्रस्तुतीको माध्यमबाट धेरै श्रोता अनी दर्शकको मन जितिसकेको छ ।

प्रणय राणाले आफ्नो नयाँ एल्बमको तयारीको अन्तिम चरणमा रहेको जानकारी पनि दिएका छन्।

https://youtu.be/ww69xko9Uv4

Leave a Reply

Your email address will not be published. Required fields are marked *