२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

एमाले-माओवादी पार्टी एकतामा कांग्रेस महामन्त्री कोईरालाको बधाई

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ८ गते ८:४२

चितवन – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाइ दिएका छन्।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा भएको आकस्मिक भेटमा महामन्त्री कोइरालाले अध्यक्ष प्रचण्डलाई पार्टी एकताका लागि बधाइ दिएका हुन्।

अमर मावि भरतपुर–२२ पटयानीको वार्षिकोत्सव तथा विद्यालय भवनको उद्घाटनका लागि गृह जिल्ला चितवन आएका प्रचण्डसँग पार्टीको कार्यक्रम सकेर फर्कर्दै गरेका महामन्त्री कोइरालाबीच भरतपुर विमानस्थलमा आकस्मिक भेट भएको थियो।

भेटमा अन्य विषयमा कुराकानी नभए पनि पार्टी एकताका लागि महामन्त्री कोइरालाले प्रचण्डलाई बधाइ दिएको माओवादी केन्द्र चितवनका नेता नारायण आचार्यले जनाए ।

प्रचण्ड विद्यालयको वार्षिकोत्सवसँगै खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको नेपालखबरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']