२०८१ वैशाख १४ गते | 26th of April 2024

ओली–प्रचण्डमाथि बाबुराम, ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ८ गते ९:३०

काठमाडौं –  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई व्यांग्य गर्दै ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भएको बताएका छन् ।

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गर्ने औपचारीक सहमति भएलगत्तै मंगलबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत् भट्टराईले दुई पार्टीबीच औपचारिक एकता प्रक्रिया सुरु भएकोमा शुभकामना दिएका हुन्। उनले यो एकताबाट नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड र नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुने भन्दै राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको बताएका छन् ।

‘राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो,’ उनले भनेका छन्, ‘यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ।’उनले एमाले–माओवादीबीचको एकताबाट आफूले निर्माण गर्न खोजेको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माणमा मदत पुग्ने बताएका छन् ।

भट्टराईले लेख्नुभएको छ, “अब देशमा दोश्रो विश्वदुद्ध पछिको शितयुद्धकालीन दुइध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य- समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म (आसेपासे पुँजीवाद ) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसीसमानुपातिकसहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ।

१७ असोजमा एमाले–माओवादी केन्द्रबीच वामगठबन्धन निर्माणसहित पार्टी एकताको निर्णय गर्दा गठबन्धनमा सामेल भएका भट्टराई चुनावी सिट बाँडफाँटमा कुरा नमिलेपछि बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *