२०८१ वैशाख ७ गते | 19th of April 2024

कम्युनिष्ट सरकारको सफल अवतरण

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १० गते १:५७

– निदेश अधिकारी

चुनाब सौहार्दपुर्ण तबरले सकियो र प्रदेश प्रमुखहरु पनि तोकिए । तीन वटै चुनाब बिनाकुनै अप्रिय घटना सफल बनाउनु त्यति सजिलो थिएन । एकातर्फ मधेशबादी दलहरुको नँया सम्बिधान प्रतिको असन्तुष्टिलाई लिएर जलिरहेको तराई अनि अर्को तर्फ जनजाती र मधेश बिरोधि भनिएको एमालेको जुहारि चलिरहेका बेला कांग्रेसको मध्यमार्गि धार नै निर्बाचन सफल बनाउने कडिका रुपमा रह्यो । जस्जस्ले जेसुकै भनेपनि कांग्रेस बाहेक एमाले अनि माओबादी या अरु कुनै दलद्वारा तीनैवटा निर्बाचन गराएर संबैधानिक संकट अन्त्य गराउने बाताबरण त्यो बेला छदैथिएन ।

हुनत देशमा यस्ता अफ्ठाराहरु धेरै पटक आएका छन् र कांग्रेसले मध्यस्तता गर्दै समस्यालाई पार लगाउदै पनि आएको छ तर यो पालि अबस्था फरक रह्यो । कांग्रेसले आफु हार्ने भएपनि देशको संबैधानिक संकट अन्त्य हुने बाटो रोज्यो । खुट्टा कमाएन बरु संबैधानिक संकट अन्त्य गर्ने ऐतिहासिक अबसरलाई चुक्न नदिई पार लगाएरै छाड्यो। । एकातिर अधिनायकबादी र अर्को तर्फ एकात्मकबादीहरुको बिचमा रहेर बाताबरणलाई थमथम्याउदै संबैधानिक संकट अन्त्य गर्ने अठोटका साथ सरकारको नेतृत्व लिएको कांग्रेस अन्तत्वगत्वा देशलाई आर्थिक उन्नतिको दिशा तर्फ ठेल्दै सत्ताबाट बाहिरिएको छ ।

कांग्रेसको हारका पछाडि ब्यक्ति पिच्छेका अडकलबाजि चलिरहेकै छन् । शेरबहादुरलाई मन नपराउनेहरु सभापतिले सबै दोषको पोको बोक्नुपर्छ भन्दै छन् भने अर्काथरि मान्छे दुई ठुला पार्टी मिलेर एउटासित लड्दा हार अपेक्षित नै थियो भन्नेहरु पनि छन् । समानुपातिक संख्या जोड्दा दोश्रो पार्टी बनेपनि कांग्रेसले यो पालि लज्जाश्पद हार बेहोरेकै हो । अबपनि पार्टीले हारको समिक्षा नगर्ने र कार्यकर्तालाई अनुशासित नबनाउने हो भने कांग्रेसको नेपालमा फेरि पहिलो पार्टी बन्ने सपना कहिलै पुरा हुन नसक्ने देखिन्छ । पहिलो संबिधान सभाको चुनाबमा माओबादीले उपल्लो परिणाम ल्याउदा त्यो परिणामका पछाडि कांग्रेस एमाले सित जनताको बितृष्णा र माओबादि सित धेरै ठुलो आशा थियो भन्ने माओबादीहरुले नबुझेकै कारण दोस्रो संबिधान सभामा माओबादी मरिच चुमुर्किए जसरि चुमुर्किएको थियो ।

नेपालमा कांग्रेस घट्दो अबस्थामा र कम्यूनिष्टहरु बढ्दो अबस्थामा रहदा देशलाई फाईदा हुन्छ या घाटा त्यो समयलाई नै छोडौ । आशा गरौ कम्यूनिष्ट सरकार छिमेकीहरु सित सन्तुलित सम्बन्ध राख्दै अगाडि बढोस् । भूमण्डलिकृत पुजिवादले निर्देशित गरेको दलाल पुजिबादलाई सम्रक्षण गर्न र सिमीत माफियाहरुको कालो पुजिलाई सेतो बनाउन मात्रै यो सरकार बनेको हो भने देशकोलागि यो भन्दा दुखको कुरा अरु हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *