२०८१ वैशाख ७ गते | 19th of April 2024

मार्च १८ मा जनसंपर्क समिति, साउदर्न क्यालिफोर्नियाको बनभोज ; भाईचाराको अर्को निरन्तरता

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १० गते १८:१९

लस एन्जलस – विगत केही बर्षदेखी सामुदायिक भाईचाराको उदेश्यले नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमले यो बर्ष पनि निरन्तरता पाउनेभएको छ । नवबर्षको आगमनसंगै ताजा सम्बन्धलाई बर्षभरी सामुदायिक सेवामा रक्तसंचार गराउने उर्जा र सम्बन्धको लागि आगामी मार्च महिनाको १८ तारिख आईतवारका दिन ग्रेटर लस एन्जलसवासीलाई केन्द्र पर्ने स्थान आर्टेसिया नगरको आर्टेसिया पार्कमा कार्यक्रम आयोजना गर्ने निधो भएको नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठकले जनाएका छन ।

राजनैतीक संगठन भनी दाग लागेको नेपाली जनसम्पर्क समिती अमेरिकाको अवस्थाभन्दा भिन्न तवरले सामुदायिक सेवामा निरन्तर सकृय नेजस, साउदर्न क्यालिफोर्निया च्याप्टरको बनभोज कार्यक्रम बितेको बर्षको थकान, झमेला र तिक्ततालाई भुल्दै आगामी बर्षमा भाईचारा, सकृयता र प्रेम दर्शाउने पर्व-मेलाको रुपले ग्रेटर लस एन्जलसमा चर्चित छ । स्वदेशका पखेरा र खेतमा लह-लह झुलेका बाली थन्काए जस्तै प्रवासी जीवनमा बर्षभरिको तनाव, समस्या र करहरुलाई थान्को लगाएर मनाईने लस एन्जलसको यो बनभोजमा अमेरिकाका बिभिन्न ठाउंबाट जनसम्पर्क र यसका समर्थकहरुको बाक्लो उपस्थिती रहने प्रचलन छ ।

राजनीति होईन, सामुदायिक सेवाको लागि स्थापना भएको नेपाली जनसम्पर्क समिती, साउदर्न क्यालिफोर्निया च्याप्टर ग्रेटर लस एन्जलस क्षेत्रका सामुदायिक कर्तब्यप्रति संस्थागत रुपमा निरन्तर दत्तचित्त छ । सेवा र हातेमालोको एउटा संगम जम्काभेट, दु:ख र तड्पाईको तिर्सना भुलाउने मेसो एवम सम्बन्ध र जुझारुताको अर्को शुरुवातका लागि मार्च १८ तारिख हुने ‘नेजस बनभोज कार्यक्रम – २०१८’ मा उपस्थितिका लागि च्याप्टर सभापती पाठकले अनुरोध गरेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *