२०८१ वैशाख १२ गते | 24th of April 2024

चार स्रष्टालाई बाशु शशी साहित्य पुरस्कार तथा सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १० गते १८:३७

काठमाडौ – वासु शशी स्मृति परिषद्ले २ वर्षको वाशु शशी साहित्य पुरस्कार तथा सम्मान चार स्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ। २०७३ र २०७४ सालको सम्मान तथा पुरस्कार यसै साल प्रदान गर्ने भएको हो। परिषद्को निर्णय अनुसार कवि एवं आख्यानकार कृष्ण जोशीलाई वाशु शशी साहित्य सम्मान- २०७३ प्रदान गरिने भएको छ।

त्यस्तै, वरिष्ठ साहित्यकार रमा शर्मालाई वासु शशी साहित्य सम्मान–२०७४ प्रदान गरिने भएको हो। यस्तै, कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई वासु शशी साहित्य पुरस्कार–२०७३ र साहित्यकार डा. सैलेन्दुप्रकाश नेपाललाई वासु शशी साहित्य सम्मान–२०७४ प्रदान गरिने भएको छ।

परिषदका अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार जोशी, शर्मा, प्रेरणा र नेपाललाई सर्वसम्मतिले सम्मान र पुरस्कार दिने निणर्य गरेको परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिए। सम्मान र पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले बताएका छन्।

गतवर्षको वाशु शशी सम्मान प्रदान गर्न लागिएका कवि जोशी ५ दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन्। उनका उपन्यास ‘मृत्यु दोहोरिन्छ म बाँचेु, असम्मत सम्मतु, काठमाडौं वरिपरिु, गीति–कवितासंग्रह विसङ्गत स्वरहरूु, पोखरी भित्रको शताब्दीु, आगो समुन्द्रः पानी समुन्द्रु लगायत कृति प्रकाशित छन्। त्यस्तै, वाशु शशी साहित्य पुरस्कार २०७३ प्रदान गरिन लागेका साहित्यकार गिरी ४ दशकदेखि नेपाली भाषा साहित्य लेखनमा सक्रिय छन्।

उनले उपन्यास सुतेको समुन्द्रु, उत्खननु, कथासंग्रह अन्तरालु, कविता संग्रह स्वप्नकथा जारी छु, अचानक एक दिनु यात्रा संस्मरण, फेरोु यात्रा अनन्तु लगायतका साहित्यिक कृति प्रकाशित छन्। यस वर्षको वाशु शशी साहित्य पुरस्कार प्रदान गर्न लागिएका साहित्यकार नेपाल विगत ४ दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन्। गीती काव्य प्रेमपुजाु, नमिता–सुनिताु, खण्डकाव्य कल्पनाकुसुमु उपन्यास कामना लगायतका अनुसन्धानात्मक एवं साहित्यिक कृति प्रकाशित छन्।

यसअघि, वासु शशी स्मृति पुरस्कारबाट कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा। मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’ प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शीव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल सम्मानित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *