२०८१ वैशाख १४ गते | 26th of April 2024

गोरखालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिदै

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ११ गते २१:१६

नरेन्द्र ढकाल/गोरखा
फाल्गुण ११ गते । जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानमा अहिले सरोकारवालाहरु जुटेका छन् । १ वर्ष भित्रका बालबालिकाहरु नेपाल सरकारले तोकेको ११ किसिमका खोपको पहुँचमा रहेको भन्दै आगामी बुधबार गोरखा जिल्ला पुर्ण खोपयुक्त घोषणा गर्न लागिएको हो । ‘नेपाल सरकारको निति अनुसार हामीले सबै प्र्रक्रिया पुरा गरेर औपचारिक घोषणा मात्र गर्न लागेका हौं’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने । उक्त कार्यक्रमका लागि जिल्ला जनस्वास्थ्यले ११ लाखको बजेट बनाएको छ ।

अतिथि सत्कार, झाँकी एवं ¥याली प्रस्तुती र खानपानका लागि उक्त रकम गर्न योजना बनाइएको छ । घोषणा सभाका लागि क्षेत्र नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रुपमा पहिलो पटक गोरखा आउँदै छन् । साथमा अन्य मन्त्रिहरु समेत कार्यक्रम सहभागी हुने स्रोतको भनाई छ ।

घोषणा सभाका लागि गाउँ÷गाउँबाट ५ हजार भन्दा बढि दर्शक सहभागी गराउने जिल्ला जनस्वास्थ्य कार्यालयको योजना छ । ‘पाहुनाहरु आउनुहुन्छ, स्वागत संस्कार गर्नुप¥यो,गाउँबाट बसमा सहभागीहरु आउँछन्, मञ्च बनाउनु प¥यो, पानी चिया खाजा गर्दा त्यती खर्च त लागि हाल्छ नी’ जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने ।

उक्त कार्यक्रमका लागि कार्यालयले २ लाख बजेट छुट्याएको छ भने स्थानीय तहहरु गाउँपालिकासँग ५० हजार र नगरपालिकासँग १ लाख मागिएको छ । जिल्ला स्वास्थ्यले रकम मागेपछि स्थानीय तहका प्रमुखहरुले सशंकित भएका छन । ‘लाभालस्कर मान्छे बोलाएर कार्यक्रम गर्ने कुरामा धार्चे गाउँपालिका सहमत छैन्, अनुत्पादक काममा पैसा खर्च गर्ने योजना छैन्, त्यसका लागि हामी पैसा दिन सक्दैनौं’ धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङले भने ।

यता गोरखा नगपालिकाका प्रमुख राजनराज पन्तले पनि फजुल खर्च गर्ने गरी कार्यक्रम गरिए आपूmहरुको सहयोग नहुने बताएका छन् । जिल्लालाई पुर्णखोपयुक्त घोषणा गर्नु राम्रो काम भएपनि नचाइदो ठाउँमा खर्च गर्न नहुने उनको तर्क छ । ‘हामीलाई पैसा सहयोग गर्नुप¥यो भनेर चिठ्ठी आएको छ, पहिले उहाँको खर्च विवरण हेर्छौ अनि मात्र आवश्यता परे सहयोग गछौं’ गोरखा समाचारसँगको कुराकानीमा नगरप्रमुख पन्तले भने ।

घोषणा सभाका लागि मात्र खर्च रकम माग गरेको भए उक्त रकम नदिने संकेत गर्दै उनले तामझामले गरिने कार्यक्रममा गोरखा नगरपालिकाको सहयोग नहुने बताए । पुर्ण खोपयुक्त घोषणाका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको संयोजकत्वमा मुल समारोह समिति बनाइएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्लाका सुरक्षा अङ्गका प्रमुखहरु, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुखहरु लगायतका सरोकारवालाहरु सहभागी छन् ।

यसैगरी जनस्वास्थ्य प्रमुख पराजुलीको संयोजकत्वमा बनाएको उपसमितिले कार्यक्रमको लागि श्रोत जुटाउने देखि व्यवस्थापनको काम गरिरहेको छ । ‘हामीलाई स्थानीय तहले दिएको पैसाले मात्र पुग्दैन्, संघसस्था, व्यापारी उद्योगीहरु सँग पनि सहयोग मागिरहेका छौं’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पराजुलीले भने ।

जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने कार्यक्रमलाई तामझाम पुर्ण बनाउनका लागि जिल्ला जनस्वास्थ्य प्रमुख पराजुली नेतृत्वको समितिले जिल्लामा क्रियाशिल संघ सस्था सँग पनि मोटो रकम बार्गेलिङ गरिहेको संघसस्थाहरुले मुख खोलेका छन् । ‘हामीसँग सहयोग गर्ने ठाउँ छैन, टाइट बजेट छ, जनस्वास्थ्यबाट सहयोग गर्नुप¥यो भनेर भनेर दबाब आइरहेको छ’ जिल्लामा क्रियाशिल एक एनजिओकर्मीले भने ।

जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने महत्पुर्ण कार्यक्रमलाई अनावश्यक तामझाम पुर्ण बनाउन लागिएको भन्दै धेरैले आलोचना नगरेका छन् । यदी फागुन १६ गते जिल्ला सदरमुकामको रानी पोखरी परिसरमा एक भब्य कार्यक्रम गरी जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्ने सरोकारवालाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *