1

फूलको कौमार्य

133 पटक पढिएको

– लक्ष्मण सिटौला

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफुलाइ तिमीमा। कहिले अघाउदिन म आफ्नु मुहार हेरेर किनकि त्याहा तिम्रो बिम्ब म सग मुस्कुराइरहेको हुन्छ । तिमी छौ तिम्रो कलम छ र म कविताको प्यासी छु । आसु त जीवन गीत हो राजा ! बग्न रोकियो भने कालीगण्डकीको सालिग्राम फेरि कसरी बन्ला र है ? आउ पुछ भन्दिन म गालाको भिर भएर बगेका मेरा आँसुहरु किनकि सालिग्राम भित्रको मेरो देवता तिमी त थियौ नि राजा……..!!!!

धेरै बर्ष अगाडिको यो हाम्रो एउटा प्रेम कथा हो । म सानै थिए। म भन्दा उ अलिक जान्ने बुझ्ने थियो । म उस्लाइ राजा भनेर सम्बोधन गर्थे । हामी दुवै एकै स्कुलमा अध्ययन गर्थ्यौ । शिद्दकाली बोर्डिङ स्कुलमा उ सधैं प्रथम हुन्थ्यो । म दोस्रो हुन्थे।त्यतिबेला भोजपुरमा भर्खरै मोटर पुगेको थियो । गाडी देख्दा पनि रमाइलो लाग्थो । उ ठकुरीको छोरा । म राइको छोरी । उ मलाई पारु भन्थ्यो । म उस्लाइ राजा भन्थे । पाँच कक्षा देखि सुरु भयो हाम्रो प्रेम । म माथी काफ्ले देखि पैंतालीस मिनेट हिडेर स्कुल आउथे । उ तल पाचधारा देखि एक घन्टा उकालो चढेर स्कुल आउथ्यो । मेरा आफन्तका नाउँमा फूपू थिइन तारा राइ र सानैदेखी म फुपुको घरमा बसेर अध्ययन गर्थे । फुपू त्यही स्कुलमा शिक्षिका थिइन । फुपू सगै स्कुल आउने जाने गर्थे म । हामी बिच प्रेम छ भनेर फुपुलाइ पनि थाहा थियो । उस्को मलाई असाध्य माया लाग्थ्यो । उस्ले हिडेको बोलेको खेलेको पढेको म हेर्थे कस्तो मीठो लाग्थ्यो ।
आठ कक्षा पुगे पछि थाहा भो कि हामी प्रेममा पो रहेछौ भन्ने कुरा ।

मेरो घर दिङ्ला बजार हो । माओवादी युद्धमा सरकारका तर्फबाट मेरा बाबा र आमा दुवै मारिए । आर्मीले अध्यारोमा घर घेरेर लगेर गयो । द्वन्द्व कालमा म सानो थिए । पछी मावोवादीले उहाँहरु दुवैलाइ सहिद घोषणा गर्यो । मलाई एस एल सि सम्म पढाई दिने ब्यवस्थापन गर्यो । म एक्लो भएपछि सदरमुकाम बाट फुपू लिन जानू भो । र म सदाका लागि दिङ्ला छोडेर भोजपुर सदरमुकाम आए । र सिद्दकाली बोर्डिङमा भर्ना भए । अब आमा बाबा जो भने पनि मेरी एक्लि फुपू नै थिइन ।

फुपाजु पनि बितेको धेरै बर्ष भएको थियो । फुपूका सन्तान कोहि थिएनन । आमा बाबा बितेपछी उता म एक्ली थिए । फुपा बितेपछी फूपू यता एक्ली थिइन ।

सिद्द्कालीमा चार कक्षामा भर्ना भएपछि नयाँ ठाउ नयाँ साथी नयाँ परिवेश घुलमिल हुन मलाई धेरै गाह्रो परिरहेको थियोे । उसो त आमा बाबा गुमाएकी म टुहुरी जतिबेला पनि एकोहोरिनु मेरो आदत भैसकेको थियो । स्कुलमा मलाई सबैले हेप्थे। बुलिङ्ग गर्थे। मावोवादीकी छोरी भन्थे । त्यतिबेलाको परिवेशमा मावोवादी पार्टीलाई सारै घृणाको दृस्टीले हेर्थे। भोजपुर सदर मुकामको टावर हान्न मेरै बाबाले सुराकीको काम गरेको रे !

त्यो कुरा पनि स्कुलमा बिस्तारै थाहा भयो । मेरो सङ्गतमा कोहि पनि साथी थिएनन । परिवर्तन त सबैलाई चाहिएको रहेछ नि तर दोष चै सबै माओवादी नेताकार्यकर्ता लाई मात्रै किन मैले बुझेकी थिइन ।

चार कक्षामा भर्ना भएपछि सधैंत म फुपूको साथमा हुदैनथे । मलाई ज्यानमाराको छोरी भनेर केही शिक्षक अनि प्रायः सबै बिद्यार्थीले घृणाको पात्र बनाएका थिए। सबैको दृस्ठिकोण म प्रती यति नराम्रो थियो कि मानौ म एउटा गुलाफ फूल बिच तीखो काडा हु । क्रमश म ज्यानमाराको छोरी भनी चिनिए ।

म सग कोहि बोल्नुत परै जाओस कक्षा कोठामै पनि एउटा नमीठो भेदभावको कालो रेखी थियो । त्यही रेखी बाहिर बसेर म अध्यन गर्नुपर्थ्यो । मेरो कारणले फुपूलाई समेत असर पर्यो।
यस्को भाइ बुहारी माओवादी भएपछि यो पनि माओवादी हो भनेर छि छि दुरदुर गर्थे । यसरि माओवादीको छायां बोकेर हामी फुपू भदै शिद्दकालीको शिक्षाको मन्दिरमा हरेक दिन रुदै सहदै जीवनको नरमाइला पलहरु ब्यतित गर्न थाल्यौ।

मानिलिउ म एउटाी अछुत जातकी थिए। मानी लिउ मलाई कुनै गम्भीर सरुवा रोग लागेको छ र मानिसहरू म बाट पर पर भाग्छन रोग सर्ने त्रासले । म एउटाी त्रासको पोका थिए । राइहरुकै बिचमा म अराइ बाचे । बिद्यार्थीकै समुहमा म कुपात्र बाचे । फूलहरुकै सन्सारना म एउटा काडा बाचे । ताराहरुकै आकाशमा म प्रकाशहीन बाचे । खोइ किन पो मलाई हरेक मान्छेका आखाका सुइराहरुले घोचिरहेका हुन्थे र प्रत्येक पलको घोचाइले म भित्रको एउटा मान्छे स्वतन्त्रता मर्दै गएको थियो ।

मेरै कारणले फुपूको दलगाउ प्राबिमा सरुवा भयो । दलगाउ सदर मुकाम देखि पारी थियोे । करीब डेढ घन्टा भन्दा बढी लाग्थ्यो हिंड्न् । फुपूको कुनै गल्ती थिएन । स्कुलमा धेरै राजनीति चल्थ्यो। फुपूको सरुवा भएपछि अब म एक्लो भए ।

चार कक्षाको फाइनल परिक्षा नजिक आयो । म सग केवल आमा बाबाको स्मृतिमा बगिरहेने आसु र स्कुलका साथीहरू र शिक्षकले लगातार दिइरहेको पीडा अनि फुपू सगको बिछोडको आँसु थियो । म सग मेरो मन थिएन । म सग मेरो बिचार थिएन। म सग मेरो खुशी थिएन। म सग मेरो उदेश्य पनि थिएन । म सग मेरो सपना थिएन । केवल एउटा मासुको थुप्रो थियो र यो हिंड्थ्यो काफ्ले देखि सिद्दकाली र सिद्दकाली देखि काफ्ले सम्म ।

पढ्न अलिक ढिलो भएको थियोे । मेरो उमेरमा पुगेकाहरु सात कक्षामा थिए । राइकी छोरीहरु कमै स्कुल जान्थे। दिङ्ला भएर मात्रै पो नत्र केटीहरुलाइ पढ्न पर्छ भनेर कसैले भन्दैनथे ।बाहुनका छोरीहरु पढ्थे प्राय । दिङ्ला बाट लखेटिएकाहरु कोहि चतरा झरे कोहि बिराटनगर बसाइँ गए कोहि झापा मोरङ भागे । माओवादीमा आस्था भएकाहरुलाइ पनि बाच्न गाह्रो थियो र माओवादी बिचारधारा विरुद्धमा लागेकालाइ पनि टिक्न गाह्रो थियोे । र सबै तितरवितर हुँदै गए । एउटा बस्ती कसरी राजनीतिको चपेटामा उजाड भयो यस्को अर्को दर्दनाक कथा छ ।

फुपूको सरुवा पछि म एक्लो भए । कहिलेकाहीत यो आतंककारीकि छोरीको बिल्ला भिरी बाच्नु भन्दात मर्न पाए पनि शान्ति मिल्थ्यो जस्तो लाथ्यो ।

घर मुनि आर्मीको ब्यारेक थियो । त्यही आर्मी ब्यारेक हुँदै म स्कुल जान्थे । खोइ किन हो आर्मी देखेपछि मलाई भित्र देखि यति घृणा लाग्थ्यो कि राती बास बसेका मेरा आमा बाबालाई थुतेर यिनैले मारेका थिए सेउतीको जङ्गलमा । भिडन्तमा परे भनेपछि कुनै कानुन नै लाग्दैनथ्यो । सधैं आर्मी देख्थे मुल गेटमा । त्यही गेट हुदै भोजपुर बजार सुरु हुन्थ्यो। सगै थियो सिद्दकाली मन्दिर । बजार हुँदै तल डाडागाउ मुनि थियो सिद्धकाली बोर्डिङ स्कुल ।

सबैको छिछिदुर्दुरमा एउटा ठकुरीको छोरा थियो मेरो पक्षमा । राजीव शाही । उस्को बाबा र मेरी फुपू मिल्ने साथी थिए रे । फुपूले राजीवलाइ जिम्मा लगाएका थिए । राजीव धेरै जिम्मेवार केटा थियो । परिक्षा सकियो। उ प्रथम भयो । म दोस्रो भए । राइकी छोरी कसरी दोस्रो भै भन्थे सबले । राजीव मेरो सबैथोक थियो । अभिवावक साथी सहपाठी मित्र वा प्रेमी ।
वास्तमा उ एउटा साथी मात्रै थिएन । सुरुमा आफ्नै मिसले दिएको जिम्मेवारी बहन गर्यो उस्ले । मलाई सुरक्षा दियो । ठकुरीको छोरा सग अरु बिद्यार्थीहरु डराउथे र मलाई एक्लो बनाए पनि घृणा गर्ने शैलीमा परिवर्तन आएको थियो । अहिले मलाई सम्झना छ त्यो बेला उ मेरो लागि सहाराको सतिसाल भएर उभिएको थियो । उ मेरो पक्षमा उभिएको देखेपछि सबै टिचर र बिद्यार्थीको म प्रति हेर्ने दृस्ठिकोणमै बदलाव आएको थियो । ठुलो मान्छे प्रतिको सम्मान थियो वा डर थियो त्यो मैले आजसम्म पनि बुझेकी छैन । राजिवको बाबा ठुलो राजनीतिज्ञ हुनाको कारण यता मलाई बाच्न सहज भयो किनकि म राजिव सग गासिएको थिए ।

फुपू तीन चार दिनमा घर आउनुहुन्थ्यो । प्रायः म एक्लै हुन्थे ।आफै खाना बनाउथे । आफै लुगा धुन्थे । फुपूको घर काफ्ले गाउँ मध्यकै ठुलो थियो । फुपूको कोहि थिएन । म र फुपू मात्रै यो घर सग सम्बन्धित थियौ। फुपुले भाइ पाएकी थिइन । तर एउटा सामान्य ज्वरोको कारण भाइ सानैमा बितेको थियो ।
भाइ बितेपछी फूपू कयौ दिन बेचैन थिइन । फुपाजु बृटिस लाहुरे थिए । बेलायतमै दोस्रो घरजम गरि बसेका । हाम्री फूपू!लाई करिब छोडे जस्तै थियो । मेरो बाबा आमाको म अन्तिम निशानी थिए । फुपू मलाई असाध्य माया गर्थिन । मेरो बाबाको परिवारमा म र फुपू मात्रै जिवित थियौ ।

नवौ कक्षा पुगेपछि हाम्रो माया झागियो । राजिव कविता लेख्थ्यो । हाम्रो साथीत्वको नाताले मायाको रुप कति खेर लियो भन्न सकिन । उस्ले कक्षा दसमा पुग्दा एउटा कविता लेखेथ्यो ” फूलको कौमार्य ” मेरो डायरीमा । त्यही कविता स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएको थियो । आज यतिका बर्ष पछि एउटा पुरानो स्मृतिको आगो सल्कियो हिर्दयमा । उस्को कविता मेरो लागि थियो ।

स्कुलको क्यान्टिनमा चिया पिउदै लेखेको थियोे उस्ले यो कविता –

अलिकति छोए तिम्रो अपलकता
रुमानी आखाको उज्यालो
त्यो जुनकीरीलाई ।
तिमीलाई मायाको सुइराले घोचे
खोइ कुन्नी कति दुख्यौ तिमी ?
म भने दुखे एउटा मीठो छुवाइले
नछुदै खस्छ शीत
नफुल्दै झर्छ पारिजात
नबोल्दै बुझिन्छ माया
नरुदै भिज्छ परेली
फूलको कौमार्य जस्तै
पारु ! तिमी सगै छौ
तर किन पो हो मलाई
तिम्रो न्यास्रो लागिरहन्छ !!

एउटा अज्ञात खुसीले घाइते हुन्थे म । मेरो सर्वोच्च मुटुभित्र बिराजमान थियो राजिव । दस कक्षा पढ्न थालेपछि म बिगतले दिएको पिडाले गर्दा पुर्ण कालिन मावोवादी राजनीतिमा लागे र कृयाशील सदस्यता लिए उ नेपाली काग्रेसको बिचारधारा बाट प्रभावित थियो । उ बि पि विचारको अनुयायी थियो।स्कुलमा हुने कतिपय कार्यक्रममा हामी दुवै बोल्थ्यौ । बक्तृत्व कला प्रतियोगितामा पनि कहिले उ प्रथम हुन्थ्यो म दुतिय हुन्थे कहिले म प्रथम हुन्थे उ दुतीय हुन्थ्यो । हामी करिब ६ बर्ष देखि एक अर्काको खुसीका लागि पुर्ण समर्पित थियौ ।

बयस्कताले पनि छोएन हाम्रो नीर्मल प्रेमको सतिसाललाइ । प्रेममा यौन उपस्थिति थिएन । कहिले पनि छोएन राजिवले मेरो कोमल ओठलाइ। उ भन्ने गर्थ्यो – छोए पछी बिटाेलिन्छ प्रेमको आबरु र भ्रमर चुम्बनमा जसरी झर्छे पारिजात । उमेर बढदै गएपछि बरु म नै अलिक उत्ताउलिन्थे तर उ सम्हालिन्थ्यो र भन्थ्यो “यो त पछिको लागि जोगाउने सम्पत्ती हो अहिले नै खर्च गर्यो भने सक्किन्छ यस्को पुलकता !” उ विचारमा कहिले बिचल्लीत भएन । म कहिलेकाही बरु आफै सोच्थे –

अलिकति मलाई छोइदिए हुन्थ्यो नि बरु
कति मीठो हुन्थ्यो होला तिम्रो स्पर्शले भिज्यो भने माया पनि !
तिमी किन मलाई छुदैनौ ह ! के म अछुत हु र ?
राजा ! तिम्रो तातोमा अलिकति न्यानिन चाहन्छु म
तिम्रो जुनेलीमा अलिकति चिसिन चाहन्छु म
तिम्रो पखेटाले अलिकति उड्नु चाहन्छु म
मलाई छोइदेउन बिन्ती …….

दस कक्षाको सेन्टअप परिक्षामा म प्रथम भए । उ दुई नम्बरको फरकमा दोस्रो भयो । उस्ले मलाई बधाई दियो । स्कुलले हामी सबैलाई बिदाइ कार्यक्रम राख्यो । राजनीति बिचार धारा अलग भएपछि म बिगत केही महिना देखि प्रशिक्षण कार्यक्रममा भाग लिन जान्थे । राजनीति र प्रेम दुई अलग चिज थिए नि तर खै मलाई हेर्ने दृस्ठिकोणमा बदलाव आयो । र एकदिन मैले भनेकि थिए-
” राजा मेरो सबै कुरा हजूरको शितल प्रेम हो । म सबै चिज छोडन सक्छु तर हजूरलाइ कुनै पनि हालतमा गुमाउनु चाहन्न ”
तर खोइ उहाँले बुझ्नुपर्ने थियो बुझे जस्तो लागेन । म सोच्थे-

– प्रेम र राजनीति अलग होइन र ?
– प्रेम राजनीति बाट प्रभावित हुन्छ र ?
– प्रेमलाइ के थाहा राजनीतिमा नमीठो घोच्ने काडा हुन्छ?
– प्रेम हुनलाई राजनीति धार पनि मिल्नु जरुरत छ र?
– प्रेम दिल हो राजनीति दिमाग हो
– प्रेम जुन हो राजनीति घाम हो
– प्रेम बाटो हो राजनीति गन्तव्य हो
– प्रेम लय हो राजनीति आलय हो
– प्रेम अप्राप्ती हो राजनीति प्राप्ती हो
– बाटो बिराउछ राजनीतिले तर प्रेम त हिमाल हो ।

हामी ब्यस्त हुन थाल्यो । स्कुलले बिधाइ दिएको पन्ध्रौं बर्ष पछि बिद्दोदय स्कुलको पुननिर्माण कार्यक्रममा उ जिल्ला प्रमुख अधिकारीको रूपमा उपस्तिथित थियो । म गृह मन्त्रीको रूपमा उपस्तिथित थिए । उ पढ्न सक्थ्यो लोकसेवा पास गरेर सि डि यो भएछ म आर्थिक अवस्थाले र अरु कारणले राजनीतिमा होमिय मन्त्री भए । मेरो पद त दुई दिनको हो । उस्ले मलाई बधाई दियो । मैले उस्लाइ बधाई दिए । बधाईको पल्ला उतै भारी थ्यो । म झुके उस्को अगाडि र भने-
राजा ! फूलको कौमार्य आज पनि चोखै छ । कसैले नि छुने साहस गरेनन ”

उस्ले सुटुक्क कानमा भन्यो –
” चोखै रहनु पारु ! जुनलाइ छोयो भने त्यस्को शितलता निभ्छ।”

तपाईको प्रतिक्रिया

हे नारान ! आरन र एनआरएन !!

-गोकुल ढकाल टेनेसीमा हस्ताक्षर सहित मुद्दाका खातका 'फर्जी अभियोग' आरोप पत्र सामावेश गर्दै.. ...

एनआरएन सम्मेलनका पाहुनालाई लिमोजिन

सान-फ्रान्सिस्को -  यहि जुन १६ र १७ तरिक सानफ्रानसिन्सकोमा हुने कार्यक्रममा आउने अतिथिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...